कोरोना संक्रमणका कारण पोखराकी ३६ वर्षीया महिलाको मृत्यु

कोरोना संक्रमणका कारण पोखराकी ३६ वर्षीया महिलाको मृत्यु

corona death

पोखरा – कोरोना संक्रमणका कारण पोखराकी ३६ वर्षीया महिलाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा गत कार्तिक ५ गते कोरोना पुष्टि भई भर्ना भएकी पोखरा महानगरपालिका वडा नं -१३ कि महिलाको आइसियुमा उपचारका क्रममा बुधबार राती ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए ।

न्यूमोनियाको समेत समस्या रहेकी उक्त महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड -१९ उपचार केन्द्रमा मृत्यु हुनेमा बिसौं संक्रमित हुन् ।

यो संगै, कोरोना संक्रमणका कारण गण्डकीमा मृत्यु हुनेको संख्या ७१ पुगेको छ  ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ