पोखरा – गण्डकीमा थप २३ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा जारी बुधबारको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेशका ५ जिल्लाका २३ जनामा कोरोना पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं -११ का ५३ वर्षीया महिला, पोखरा -५ का ४४ र ४७ वर्षीय पुरुष, पोखरा -३ का ३८ वर्षीय पुरुष, पोखरा – १२ का ५४ वर्षीय पुरुष, पोखरा -४ का ३६ वर्षीया महिला, पोखरा -१० का ५० वर्षीय पुरुष र पोखरा -२ का २४ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जानेको छ ।
यस्तै स्याङ्गजाको गल्याङ नगरपालिका -३ का २२ र ४९ वर्षीय पुरुष, गल्याङ -८ का २२ वर्षीय पुरुष, गल्याङ -१२ का ३९ वर्षीय पुरुष र चापाकोट नगरपालिका वडा नखुलेका २३, ३२, ३८, २६, ७४, २५ र ५३ वर्षीय पुरुषका साथै ४० वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यता गोरखा जिल्लाको गोरखा नगरपालिकास्थित वडा नखुलेका ३६ र ४४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
यस्तै हिमाल पारीको जिल्ला मुस्ताङको घरपोङ गाउँपालिकाका ३८ वर्षीया महिलाको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् । यो संगै, गण्डकी कोरोना संक्रमितको कूल संख्या ६ हजार ८ सय १३ पुगेको छ ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो