कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

manoj-gajurel

काठमाण्डौ – हास्य कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राती सामाजिक संजाल मार्फत गजुरेलले आफु संक्रमित बनेको बताएका हुन् ।

उनले लेखेका छन् – ‘गत विहीवार सामान्य टाउको दुख्यो, शुक्रबार ९८ डिग्रीको ज्वरो देखियो, शनिबार टाउको दुखाई महसुस गरें, त्यसपछि पीसीआर टेस्ट गरेकोमा रिपोर्ट पोजेटिभ आयो’ । उनले आफ्नो दाजुलाई अस्पताल लाने ल्याउने गरेका कारण आफुमा संक्रमण सरेको हुन सक्ने आशंका गरेका छन्  ।

“विहीवारदेखि नै आईसोलेसनमा छु । बाबू नानीहरुलाई कुनै सिम्टम्स छैन । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आईसोलेसनको कडा पालना सहित घरेलु उपचारमा छौँ । मलाई अहिले गार्हो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।” गजुरेलले भनेका छन् ।

नमस्कार ????
भर्खरै प्राप्त रिपोर्ट अनुसार, मेरो शरीरमा कोभिड १९ ‘पोजेटिभ’ देखिएको छ । गतहप्ता दाजुलाई अस्पताल लाने/ल्याउने…

Posted by Manoj Gajurel on Monday, 26 October 2020

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds