पोखरा – गण्डकी प्रदेश प्रहरी कार्यालय तथा अञ्चल सशस्त्र प्रहरी गुल्म पोखराले परम्परागत रुपमा मनाउँदै आएको महानवमीको अवसरमा मौलो पूजा कार्यक्रम सम्पन्न गरेको छ ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले एक कार्यक्रमका बीच मौलामा पूजा गर्नुका साथै संकल्प पूजा आरधाना गरे । अर्यालले कुविन्डो, वलि पूजाको साथै विभिन्न हातहतियारको समेत पूजा गरेका थिए । प्रहरीको एक टुकुडीले चारै दिशामा रहेका विभिन्न शक्तिपिठ एवम् देवि देवताहरुलाई शलामी अर्पण समेत गरेको थियो ।

कार्यक्रममा विजया दशमीको शुभकामना व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले नेपाल प्रहरी संगठनका सदस्य एवं परिवारजनमा सुख, शान्ति र समृद्धिको कामना समेत गरे । साथै उनले उक्त पूजाका बिभिन्न बिधामा कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई शिरमा पगडी बांधिदिनुका साथै नगद पुरस्कारले समेत पुरस्कृत गरेका थिए ।

कार्यक्रम कै अवसरमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, संघिय प्रहरी इकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर के.सी, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणा, लगायत सिनियर प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीहरुद्वारा सयुंक्त रुपमा फुलपाती सहित भगवती मन्दिरको परिक्रमा समेत गरिएको थियो ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने