पोखरा – कोरोना संक्रमणका कारण पोखरामा तीनजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा -१ का ४२ वर्षीय पुरुष, पोखरा -२२ का ६८ वर्षीय पुरुष र पोखरा -३१ का ५८ वर्षीय पुरुष रहेका छन् ।
स्वास्थ्य निर्देशनालयद्वारा जारी आइतबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार पोखरा -१ का ४२ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा चरक मेमोरियल अस्पतालमा कार्तिक ७ गते वेलुका ७: ४५ बजे मृत्यु भएको हो ।न्यूमोनियाको समस्या रहेका उक्त पुरुष गत असोज ३० गते अस्पताल भर्ना भएकोमा कार्तिक ७ गते कोरोना पुष्टि भएको थियो ।
यस्तै पोखरा -२२ का ६८ वर्षीय पुरुषको कार्तिक ८ गते बिहान ९:३० बजे गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । कार्तिक ६ गते कोरोना पुष्टि भइ कार्तिक ७ गते अस्पताल भर्ना भएका उनमा पनि न्यूमोनियाको समस्या रहेको उपचारमा संग्लग्न चिकित्सकले बताएका छन् ।
यस्तै पोखरा पोखरा – ३१ का ५८ वर्षीय संक्रमित पुरुषको स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा उपचारका क्रममा कार्तिक ८ गते ४:२५ बजे मृत्यु भएको छ । कार्तिक ७ गते कोरोना पुष्टि भइ अस्पताल भर्ना भएका उक्त पुरुष न्यूमोनिया, हाईपरटेन्सन र मधुमेहको रोगी रहेको बुझिएको छ ।
संक्रमित तीनैजनाको शव व्यवस्थापन गरिसकिएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६२ पुगेको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी