काठमाडाैं– हामी बालबालिका हुँदा र अझै अघिबाट नै दशैंको नाम उच्चारण गर्दै औला भाच्थ्यौ । ‘दशैं आयो खाउँला पिउँला, नयाँ नाना लाउँला’ यो वाक्याम्स पटक पटक जानेर वा अनायाशै मुखबाट निस्कन्थ्यो । हुन पनि नेपालीहरुको महान चार्ड दशैंलाई मीठोमीठो परिकार बनाएर खाने चार्डका रुपमा लिइन्छ ।
दशैंमा अन्य समय भन्दा बढी मासु सहित गुलियो र चिल्लो पदार्थको सेवन गर्ने आम नेपालीको बानी छ । मासुसँगै दशैंमा मदिरा सेवनले पनि प्राथमिकता पाउँछ । दशैं सबैले रमाइलो गर्नुपर्छ यो रमाइलोका लागि खानपानमा ध्यान दिनुपर्छ ।
सेतो मासु प्राथमिकतामा राख्नुहोस्
तुलनात्मक रुपमा अन्य चार्डपर्वभन्दा दशैंमा माछामासुको खपत बढी हुने गर्दछ । धेरैले त घरमै खसीबोका तथा च्याङ्ग्रा काट्ने गर्दछन् । दशैंका लागि विदेशबाट पनि खसीबोका ल्याइन्छ । मासुका लागि तयार पारिने खसी बोका, राँगा, बँदेल, भेंडा, च्याङ्ग्राको मासुको सेवानमा विशेष ध्यान दिनुपर्दछ । साथै यसलाई पकाउने विषयमा पनि ख्याल पुर्याउनु अनिवार्य छ ।
मासु दुई प्रकारको हुन्छ । सेतो मासु र रातो मासु । सेतो मासु तुलनात्मक रुपमा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ । रातो मासुमा यसै पनि चिल्लोको मात्रा बढी हुन्छ । यसले युरिक एसिड पनि बढाउँछ ।
कुखुरा, माछा, अष्ट्रिज, इमु लगायतबाट प्राप्त हुने मासु सेतो मासु हो । चार खुट्टे जनावरबाट प्राप्त हुने मासु भने रातो मासु हो । रातो मासुमा अत्याधिक प्रोटिनका साथै ‘फ्याटी एसिड’ पनि प्रशस्त मात्रामा हुन्छ ।
मासुमा भएको कोलस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई बढी हानी गर्छ । यसले मुटु रोगीलाई सबैभन्दा बढी हानी गर्छ भने मुटु रोगको खतरा पनि निम्त्याउँछ । शरीरभित्र फ्याटी एसिडसँग कोलस्ट्रोल मिलेपछि मात्र खराब चिल्लो पदार्थ बन्छ ।
रातो मासुमा स्याचुरेटेड फ्याटको मात्रा बढी हुन्छ । यस्ता फ्याटले रगतमा कोलस्ट्रोलको मात्रा बढाउँछ । मासुका साथै यस्ता फ्याट दूधबाट बनेका कुराहरुमा पनि बढी पाइन्छ । साथै बेक गरिएका र बढी फ्राइ गरिएका कुराहरुमा यस्तो फ्याट बढी हुन्छ ।
अमेरिकन हार्ट एशोसियसनका अनुसार आफूलाई चाहिने दैनिक क्यालोरीमध्ये स्याचुरेटेड फ्याटको मात्रा ५ देखि ६ प्रतिशत भन्दा बढी हुनुहुँदैन । स्वस्थ रहनको लागि स्याचुरेटेटड फ्याट बढी भएको खानाहरु नखानु नै उत्तम हुन्छ । स्याचुरेटेड फ्याटको तुलनामा मोनो अनस्याचुरेटेड फ्याट बढी राम्रो हुन्छ । ओलिभको तेल, बदामको तेल, तिलको तेल लगायतमा यस्ता फ्याट बढी पाइन्छ । त्यसैले यस्ता तेललाई भुटनका रुपमा प्रयोग गर्नसके धेरै राम्रो हुन्छ ।
मासुको छाला नखाएकै राम्रो
मासुको प्रयोगमा छाला पनि मानव स्वास्थ्यका लागि धेरै फाइदाजनक हुँदैन । छालासहित जनावरको खुट्टा, पखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलस्ट्रोल र क्यालोरीको मात्रा बढी हुन्छ । यसले पनि विभिन्न रोगहरुलाई निम्तो दिन्छ । संगै खसीबोका लगायतका जनावरको छालामा काटिएर रहेका रौ पनि रहन्छ । त्यसैले छाला नभएको मासु खान बढी स्वस्थकर हुन्छ ।
जंक फुड र चिसो पेयबाट जोगिने की !
दशैंका बेला चिनी र चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जंकफुड नखाएकै बेस हुन्छ । यसैगरी विभिन्न कोल्ड ड्रिंक्स आइसक्रिम, मह, जाम, केक लगायत पनि खानु मधुमेहीका लागि हानिकारक छ ।
सुगर, प्रेसर र मुटुका बिरामीलाई पनि यसले राम्रो गर्दैन । ड्राइफुडसहित प्याकेजिङ फुडले स्वास्थ्यलाई फाइदा गर्दैन । बजारमा पाइने प्याकेट गरिएका धेरैजसो खाद्यपदार्थहरुमा कम्पोजिसन भनेर प्याकेटमा यस्ता कुराहरु लेखिएका हुन्छन् । अलिकति ध्यान दिने हो भने त्यस खाद्यपदार्थमा कस्ता किसिमका चिल्ला पदार्थहरु रहेछन् बुझ्न सकिन्छ ।
सोयाबिनको तेल, मकैको तेल, सनफ्लावरको तेल आदिमा पाइने पोलि–अनस्याचुरेटेड फ्याटले शरीरलाई आवश्यक पर्ने भिटाभिन इ का साथै एन्टिअक्सिडेन्टको आवश्यकता पनि पूरा गर्छ । साथै, शरीरलाई चाहिने तर शरीरमा उत्पादन नहुने ओमेगा ३ तथा ओमेगा ६ फ्याटी एसिडको आवश्यकता पनि पूर्ति गर्न मद्धत गर्छ ।
मुटुरोग, रक्तचाप, प्यारालाइसिस लगायत रोगबाट टाढा रहन खानामा स्याचुरेटेड फ्याटको मात्रा कम र मोनो र पोलि–अनस्याचुरेटेड फ्याटको मात्रा बढी हुनुपर्ने अमेरिकन हार्ट एसोसियशनको सल्लाह छ ।
कम मसला नै राम्रो
दशैंमा परिकारहरुमा मसलाको प्रयोग अत्याधिक हुने गर्छ । चिल्लोसंगै मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्छ । मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ धेरै राख्नु पनि उचित होइन । बजारमा पाइने रेडिमेड मसलाहरुको शुद्धतामा ग्यारेन्टी गर्न नसकिने हुँदा तिनीहरूले शरीरमा मन्द विषको काम गर्न सक्छन् ।
त्यसैले घरमै तयार गरेको मसला खानु राम्रो मानिन्छ । अझ दशैंका बेला दीर्घरोगीहरुले स्वास्थ्यको विशेष ध्यान दिन जरुरी छ । दशैंमा मनलाग्दी तवरले खानपिन गर्दा मधुमेह, उक्त रक्तचाप, मुटु र एसिडका बिमारीलाई बढी समस्या पर्न सक्छ ।
मधुमेहका बिमारीहरुले गुलियो र चिल्लो पदार्थ खानुहुँदैन । मुटु रोगीका लागि बढी चिल्लो पदार्थ खान निषेध नै छ । दशैं र तिहारमा सेवन गरिने परिकार गुलियो र चिल्लोको मात्रा धेरै हुने भएकाले यि रोगीहरु विशेष सावधान हुनुपर्छ । सेलरोटी, मिठाइ, चकलेट लगायतको प्रयोग सकेसम्म सबैले कम गर्दा फाइदा हुन्छ ।
धुम्रपान र मद्यपान हानीकारक
दशैंमा मात्र होइन अरु समय पनि धुम्रपान र मद्यपान स्वास्थ्यका लागि हानीकारक हो । त्यसमा पनि दशैंमा रमाइलोका नाममा बढी धुमपान र मद्यपान गर्दा अनाहकमा ज्यान गुमाउनुपर्नेस्म्मका जोखिम आइपर्न सक्छन् ।
दशैंको बहानामा यो क्रियाकलापमा सहभागी नभएकै राम्रो त्यसमा पनि रोगी मान्छेले त झन बिल्कुल गर्नु हुँदैन । धुम्रपानले मुटु र फोक्सोलाई हानी गर्छ । मद्यपानले मुटुरोगको खतरा बढाउँछ ।
दशैं हो भनेर जथाभावी मद्यपान गर्दा सुगरर प्रेसरको समस्या बढ्न सक्छ । मुटुरोगीलाई पनि यसले पटक्कै फाइदा गर्दैन । रक्सीको सेवनले रगतमा ट्रइग्लिसेराइडको मात्रा बढाउँछ । जसले मुटुरोग, हृदयाघात र पक्षघात गराउनमा विशेष भूमिका खेल्छ । रक्सी भनेको कार्बोहाइट्रेड हो ।
त्यसैले शरीरको वजन बढाउन तथा रगतमा सुगरको मात्रा उच्च राख्न पनि यसको विशेष भूमिका हुन्छ । रक्सी, वाइन, वियर, जिन, लोकल, छ्याङ्, जे भने पनि सबै रक्सी नै हुन् । खाली अल्कोहोलको मात्रा मात्रै फरक–फरक हुन्छन् ।
खानाबाट हुने अपचसँग जोगिनुहोस्
दशैंमा हामीले खानेकुरामा प्रोटिनयुक्त खानेकुरा धेरै हुन्छन् । बढी खाने, फुर्सदको समय भएकाले आराम बढी गरिने हुँदा हामीले खाएको खानेकुरा अन्य समयको जस्तो छिटो नपच्न सक्छ । यदी त्यसो भयो भने पनि बिरामी हुने खतरा हुन्छ । खानपिनकै कारण धेरैको दशैं दशा बनेको उदाहरण पनि छन् । चाडवाडलाई नेपालीहरु चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुरा खान मन पराउने गरेको पाइन्छ ।
तर, तिनीहरूको मात्रा नमिलाई खाँदा शरीरलाई हानि गर्ने गर्दछ । बढी चिल्लो, अमिलो र पिरो खानेकुरा नखाँदा नै राम्रो हुन्छ । चिल्लो, अमिलो, पीरो खानेकुराले ग्यास्ट्रिक बढाउने, टन्सिल हुनेलगायतका समस्या हुन्छ । त्यसका साथै कोलस्ट्रोल बढाउने र बोसोको मात्र बढी हुन्छ, जसका कारण अपच हुने, कब्जियत, फुड प्वाइजनजस्ता समस्या देखा पर्छन् ।
कतिपयमा काँचो मासु नै खाने बानी हुन्छ । त्यस्तो मासु खाँदा फुड प्वाइजनको सम्भावना बढी हुन्छ । दशैंमा मासु पहिले नै पकाएर राखी बासी बनाएर नखाँदा राम्रो हुन्छ । बासी मासु खायो भने त्यसले फुड प्वाइजनको सम्भावना बढी हुन्छ । ताजा मासु खानु सबैभन्दा उपयुक्त हुने हुन्छ ।
मासु कम खाने र पकाउने विधिमा समेत विचार पु¥याउने बानिको विकास अहिले जरुरी छ । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी मासु पकाउनु राम्रो हुन्छ । उसिनेर पकाउँदा चिल्लो पदार्थको परिमाण कम हुन सक्छ ।
शाहाकारी खाना नै दशैंका लागि उत्तम
आफ्नो चार्ड आफ्नै खुसीले मनाउने तर्क पनि धेरैको हुन्छ । तर, यस्ता चार्डपर्व शाहाकारी भोजन गर्ने र नियमित व्यायाम गर्नेको रमाइलो भएका उदाहरण पनि धेरै छन् । दशैंमा खानाको मात्रा सबैका लागि एकनास भने हुँदैन ।
धेरै शारीरिक काम गर्नेले धेरै खानुपर्छ, थोरै काम गर्नेले थोरै खानुपर्छ । काम कम, माम धेरै गर्नुहुँदैन । शाकाहारी भोजन मुटुरोगका लागि फाइदाजनक हुन्छ । तर, नियन्त्रित रूपमा माछामासु खाएमा हानि हुँदैन ।
उच्च फाइबरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइबरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपात नै हुन् । अंकुरित गेडागुडी र ताजा तरकारी खानु अझ बढी लाभदायक हुन्छ । फापर, कोदो, जौ, मकै लगायतले पनि मुटुलाई फाइदा पुर्याउँछ ।
मासु खाएपनि हरियो सागपात र ताजा फलफूल पनि सन्तुलित रुपमा खानुपर्छ । सँगै दशैंमा काम नगरी विभिन्न खेलमा रमेर बस्ने, टिभीमै केन्द्रित हुने लगायत अल्छी प्रवृत्ति पनि हुन्छ । त्यसले रोगीहरुको स्वास्थ्य झन बिग्रन सक्छ ।
सामान्य मानिसको पनि स्वास्थ्यमा समस्या देखिन सक्छ । त्यसैले व्यायाम गर्ने, नियमित रुपमा हिँडडुल गर्ने र सक्रिय काममा सहभागी हुने गरेमा खाना पचाउन सहयोग पुग्छ नै शरीमा स्फुर्ति पनि बढ्छ ।
स्रोत : बिभिन्न समयमा स्वास्थ्यकर्मीले दिएको सल्लाह सुझावमा आधारीत !
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ