प्रधानमन्त्रीको सम्बोधन : ‘संक्रमितको खर्च अस्पतालले नबेहोरे सरकारले बेहोर्छ’

प्रधानमन्त्रीको सम्बोधन : ‘संक्रमितको खर्च अस्पतालले नबेहोरे सरकारले बेहोर्छ’

pradhanmantri-oli

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार खर्च बेहोर्न नसकेमा र अस्पतालले पनि उपचार खर्च नबेहोरेमा कोरोना संक्रमितको उपचार सरकारले गर्ने बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कुनै पनि विपत्तिमा जनताको जीउधनको रक्षा गर्नु सरकारको निशर्त दायित्व रहेको बताए ।

सरकारले कोरोना भाइरसको परीक्षण र उपचारको यथोचित प्रबन्ध गर्ने पनि उनले बताए । खोपको व्यवस्था गर्न पनि सरकार लाग्ने उनको भनाइ थियो । कोरोना संक्रमणलाई लिएर सरकारको आलोचना भएकोप्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले ती अफवाह समयसँगै हराएर जाने बताए । उनले पछिल्लो समय सरकारले कोरोना संक्रमितको उपचार नगर्ने निर्णयलाई लिएर भएको आलोचनाको प्रतिरोध गर्दै संक्रमितका परिवार र अस्पतालले उपचार गर्न नसक्ने भएमा सरकारले गर्ने बताए ।

गत चैतमा लकडाउन सुरु हुँदा दुई जना संक्रमित भएको अवस्थामा होस् या हाल दैनिक हजारौँको संख्यामा संक्रमित पुष्टि भएका बेला भ्रमहरु र अफवाह फैलाउने काम उत्तिकै भएको ओलीको भनाइ छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds