बाग्लुङ, म्याग्दी र स्याङ्गजाका थप १३ जनामा कोरोना संक्रमण पुष्टि

बाग्लुङ, म्याग्दी र स्याङ्गजाका थप १३ जनामा कोरोना संक्रमण पुष्टि

Gandaki covid corona 3

पोखरा – शुक्रवार गण्डकीमा थप १३ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेशका तीन जिल्ला स्याङ्गजा, म्याग्दी र बागलुङ जिल्लाका १३ जनामा कोरोना संक्रमण देखिएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्गजा भिरकोट नगरपालिका वडा नखुलेको ३५ वर्षीय पुरुष,  म्याग्दी बेनी नगरपालिका वडा नं – १, ७ र १० का क्रमसः ४४ वर्षीय पुरुष, ३९ वर्षीया महिला र ३० वर्षीय पुरुष तथा बाग्लुङ नगरपालिका -२ का   ३० र ३६ वर्षीय पुरुष, वडा नखुलेको २४,३०  र २८ वर्षीया महिला र ३६, ३१ र ३९ वर्षीय पुरुष, बाग्लुङ निसिखोला गाउँपालिका -२ का ४६ वर्षीया महिलाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ  ।

संक्रमित सबैजना कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ