पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले भन्योः ‘कोरोना उपचारको पैसा बिरामी आफैले तिर्नुपर्छ, खान पनि आफै’

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले भन्योः ‘कोरोना उपचारको पैसा बिरामी आफैले तिर्नुपर्छ, खान पनि आफै’

WRH western region gandaki hospital

नेपाल सरकारले अब कोरोनाको उपचार गर्न सक्दिनँ भनेर हात ठडायो । गण्डकी, लुम्बिनी र प्रदेश १ सरकारले भने आफै गर्छु भन्यो । प्रधानमन्त्री ओली सरकारको चर्को आलोचना हुँदा मुख्यमन्त्री गुरुङ नेतृत्वको प्रदेश सरकारले भने वाहवाही पनि कमायो ।

तर गण्डकी प्रदेशमा पनि कोरोनाको उपचार खर्च बिरामी आफैले बेहोर्नुपर्ने भएको छ । कोरोनाको उपचार गरिरहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले कोरोनाको उपचारको खर्च बिरामी आफैले बेहोर्नुपर्ने भन्दै सूचना निकालेको हो । यो अस्पताल संघ मातहत नै छ ।

प्रदेशकै राजधानी पोखरामा सरकारी अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले विहीबार सूचना निकाल्दै कोरोनाको उपचार खर्च बिरामी आफैले बेहोर्नुपर्ने जनाएका हुन् । यो कार्तिक ४ गतेदेखि नै लागू भएको आचार्यद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा क्यान्टिनबाट खाने खाजा तथा खानाका लागि धरौटीसमेत राख्नुपर्ने उल्लेख छ ।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोनाको उपचार खर्च प्रदेश सरकारले बेहोरिरहेको बताएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ