च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा लियोनल मेस्सीले १६ सिजनमा लगातार गोल गर्ने कीर्तिमान रच्दा बार्सिलोनाले फेरेन्कभारोसमाथि ५–१ को सानदार जित हात पारेको छ।
लिग अन्तर्गत समुह चरणको खेलमा स्पेनिस क्लब बार्सिलोनाले शानदार शुरुवात गरेको छ ।बार्सिलोनाले गएराती सम्पन्न खेलमा हंगेरीयन क्लब फेरेन्सभारोसलाई ५-१ गोल अन्तरले पराजित गरेको छ ।
बार्सिलोनाको जितमा लियोनेल मेसी, अन्सु फाती, फिलिप कोटीन्हो, पेड्री र ओसमान डेम्बेलेले एक एक गोल गरेका थिए । २५ बर्षपछि पहिलो पटक च्याम्पियन्स लिगमा खेलिरहेको फेरेन्सभारोसका लागि इहोर खाराटिनले एक गोल पेनाल्टी मार्फत गरेका थिए ।
बार्सिलोनाका जेरार्ड पिकेले खेलको ६८ औ मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।
यस खेलमा मेसीले २७औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै च्याम्पियन्स लिगमा लगातार १६औ सिजनमा गोल गरेर नयाँ किर्तिमान बनाएका छन् । यो जितपछि समुह जीमा बार्सिलोनाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ भने यसै समुहमा रहेको युभेन्टसले पनि गएराती जित हासिल गरेको छ ।
अब बार्सिलोनाले च्याम्पियन्स लिग अन्तर्गतको अर्को खेल युभेन्टससँग अक्टोबर २९ मा खेल्दै छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने