काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनताको चाहना र माग अनुसार नै कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय भएको दाबी गरेका छन् ।
सरकारले हालै मात्र आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने तथा कोरोना बिमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय गरेको थियो । अरुले भने कोरोना परीक्षण र उपचारका लागि शुल्क तिर्नुपर्नेछ । सरकारको उक्त निर्णयको चौतर्फी आलोचना भएपछि मन्त्री ढकालले आज भिडियो सन्देश जारी गर्दै नागरिकको संवैधानिक हक र अदालतको फैसलाप्रति सरकारको संवेदनशील रहेको बताए ।
यस्तै मन्त्री ढकालले देशभर २६ सय आइसियू रहेकाले उपकरण अभाव हुन नदिने दाबी गरेका छन् । मंगलबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्री ढकालले देशभर २६ सय आइसियू तयारी अवस्थामा रहेको भन्दै उपकरणको अभाव नहुने दाबी गरेका हुन् ।
उनले अझै थप चार सय वटा आइसियू तयार गर्ने कार्य पनि भइरहेको जानकारी दिएका छन् । उनले देशभर ३ हजार पाँच सय वटा अक्सिजन र मोनिटरसहितको हाइ डिपेन्डेन्सी युनिट पनि तयार गर्ने काम तीव्र रुपमा अघि बढेको भन्दै यसले सिकिस्त संक्रमितको उपचारलाई सहज बनाउने बताए।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते