देशभर थप ३०९३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

देशभर थप ३०९३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

corona death

पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरस ९कोभिड –१९० को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको संख्या ४१ हजार ७७५ रहेको जानकारी दिए ।

योसंगै जम्मा संक्रमित १ लाख ३९ हजार १२९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार १०८ जना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको कुल सङ्ख्या ९६ हजार ६०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७६५ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ