पोखरामा करेन्ट लागेर एक किराना पसल संचालकको मृत्यु

पोखरामा करेन्ट लागेर एक किराना पसल संचालकको मृत्यु

curent-dead

सांकेतिक तस्बिर

पोखरा – सोमबार पोखरामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्वर ५ माछापुछ्रे टोलस्थित किराना पसल संचालन गरी बस्दै आएका ३५ वर्षीय ज्ञानेन्द्र दाहालको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार बिहान अन्दाजी ११ :३० बजेको समयमा पसल अगाडीको बिजुलीको पोलमा चढेर बल्ब फेर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकोमा उपचारका लागि तत्कालै फिस्टेल अस्पताल लगिएपनि ११:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए  ।

घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ