पोखरामा ५६ वर्षीया महिलाको कोरोनाबाट निधन, गण्डकीमा आजै ४ जनाको मृत्यु पुष्टि

पोखरामा ५६ वर्षीया महिलाको कोरोनाबाट निधन, गण्डकीमा आजै ४ जनाको मृत्यु पुष्टि

corona-death pkr

तस्विर सौजन्य: राधिका कँडेल (पत्रकार, पोखरा)

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३ की ५६ वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको हो । ३० असोजमा मृत्यु भएका उनको मृत्यु निर्देशनालयले सोमबार पुष्टि गरेको हो । ती वृद्धमा कोभिडसँगै दम र निमोनियाको समस्या थियो ।

नवलपरासी (ब.सु.पू) गैंडाकोट १२ का ८५ वर्षीय वृद्धको कोरोना संक्रमणबाट असोज ३० गते साँझ ५ गते ज्यान गएको छ । चितवन मेडिकल कलेज, चितवनमा गरिएको परीक्षणका क्रममा उनलाई असोज २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । मृतक वृद्धलाई दम तथा निमोनियाको समस्या समेत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ५४ पुगेको छ ।  गण्डकीमा हालसम्म कोरोनाबाट मृत्यु हुनेमा कास्कीका १६, नवलपुरका ११, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, बागलुङका ४, लमजुङ १, म्याग्दीका १ जना छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds