पोखरामा शनिबार कोरोना संक्रमण पुष्टि भएकी बागलुङकी एक महिलाको भोलिपल्टै मृत्यु भएको छ । बागलुङको बागलुङ नगरपालिका १३ स्थायी घर भई पर्वतमा बस्दै आएकी ४८ वर्षिया महिलाको आइतबार साँझ ७ बजे कुश्मामै निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीेले पुष्टि गरेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत महिलामा गत शनिबार कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएकोमा हस्पिटलले होम आइसोलेशनमा बस्न सिफारिस गरेको थियो । पोखराबाट डिस्चार्ज भएपछि आइतबार नै कुश्मा गएकी महिलाको बेलुकी नै निधन भएको हो ।
ति महिला असोज २८ गते स्वास्थ्य समस्या भएपछि पोखरा आएकी थिइन् । कार्तिक १ को रिपोर्टमा कोरोना पोजिटिभ देखिएपछि हस्पिटलले होम आइसोलेसनमा बस्न भन्दै पठाइदिएका थिए । उनलाई परिवारले ट्याक्सी चढाएर लगेका हुन् ।
होम आइसोलेसनमा पठाइएकी संक्रमिको सोहि दिन मृत्यु भएपछि यस्तो अवस्थामा किन पठाइयो भनेर प्रश्न चिन्ह खडा भएकोछ । पोखरामा पनि हिजोसम्म लगातार ५ दिन ६ जनाको मृत्यु भइसकेको छ । चरक हस्पिटल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मनिपाल हस्पिटल, गण्डकी मेडिकल कलेजमा उपचाररत विरामीको मृत्यु भएको हो ।
गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो