तनहुँमा ८८ वर्षीया वृद्धासहित १० जनामा कोरोना संक्रमण पुष्टि

तनहुँमा ८८ वर्षीया वृद्धासहित १० जनामा कोरोना संक्रमण पुष्टि

Corona update 4

तनहुँ । तनहुँमा १० जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको म्याग्दे गाउँपालिकामा १ जना, शुक्लागण्डकी नगरपालिकामा ४ जना, व्यास नगरपालिकामा २ जना र ठेगाना नखुलेका २ जना र भानु नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

म्याग्दे-२ का २५ वर्षीय पुरुष, शुक्लागण्डकी-२ का ३१ र ४६ वर्षीय पुरुष, शुक्लागण्डकी-४ की ६८ वर्षीया महिला, शुक्लागण्डकी-७ की ८८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै व्यास-११ का ४३ वर्षीय पुरुष र ८४ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यस्तै ठेगाना नखुलेका ४५ वर्षिय पुरुष र ४० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भानु-२ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ