पोखरामा कोरोना टेस्ट गर्ने ल्याबका ३ प्राविधिकलाई नै लाग्यो कोरोना

पोखरामा कोरोना टेस्ट गर्ने ल्याबका ३ प्राविधिकलाई नै लाग्यो कोरोना

Corona Test PCR

गण्डकी प्रदेशमा २४ घण्टाभित्रै पीसीआर टेस्टको नतिजा आउँछ भनिएपनि ४–५ दिनसम्म लागेको अनुभव स्वाब दिनेहरुले संगालेका छन् । प्रयोगशालामा पर्याप्त जनशक्तिको अभावमा यस्तो हुन पुगेको उनीहरुको भनाई छ । त्यसमाथि ल्याबमा काम गर्ने ३ जना प्राविधिकलाई नै कोरोना पुष्टि भएको छ ।

कोरोना परीक्षणमा खटिएका ३ प्रयोगशालाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको आइतबार जनाइएको छ । प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरामा खटिएका ३ जनामा पोजेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको हो ।

प्रयोगशालाकी निमित्त प्रमुख सपना सुवेदीका अनुसार केही प्रयोगशालाकर्मीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा ३ जनाको पोजेटिभ आएको हो । पहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा मात्रै हुँदै आएकोमा असार पहिलो हप्तादेखि उक्त ल्याबमा कोरोना परीक्षण हुँदै आएको छ ।

दुवै प्रयोगशालामा गरेर दैनिक ६ सयभन्दा बढी स्वाब परीक्षण हुँदै आएको छ । प्रदेश सरकारले स्थापना गरेको क्षयरोग उपचार केन्द्रस्थित सो ल्याबमा प्रदेशका ११ जिल्लाकै नमुना परिक्षणको सुविधा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds