नेपालमा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

नेपालमा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

corona death

File Photo.

नेपालमा आइतबार थप २९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २९ सय ४२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अवधिमा १४ हजार आठ सय ७५ जनाको नमुना परीक्षण गरेको जनाएको छ।योसहित हालसम्म देशभर कोरोना संक्रमितको संख्या संख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको छ।

त्यस्तै आइतबार कोरोनालाई जितेर २३ सय २६ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोनामुक्त हुनेको संख्या ९२ हजार एक सय ६६ पुगेको छ।हाल देशभर ३९ हजार तीन सय ४१ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल १२ हजार नौ सय ३३ जना संस्थागत आइसोलेसनमा र २६ हजार चार सय आठजना होम आइसोलेसनमा रहेको डा। गौतमले बताए।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७३९ पुगेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

सुनको मूल्य घट्यो
राराको डाँफे होटलमा आगलागी
बदली, वर्षा र हिमपातको सम्भावना

ट्रेन्डिङ