पोखरामा कोरोनाबाट थप एक महिलाको मृत्यु, लगातार ५ दिन ६ संक्रमितको निधन

पोखरामा कोरोनाबाट थप एक महिलाको मृत्यु, लगातार ५ दिन ६ संक्रमितको निधन

gandaki charak

पोखरा चरक मेमोरियल अस्पतालमा ७० वर्षीय महिलाको उपचार क्रममा मृत्यु भएको छ । पोखरामा  लगातार ५ दिनमा ६ संक्रमितको मृत्यु भएको छ ।

चरक मेमोरियल अस्पतालमा पोखरा महानगरपालिका वडा नम्बर ९ की ७० वर्षीय महिलाको आज बिहान ८ बजे ४५ मिनेट जाँदा ज्यान गएको हो । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ५० पुगेको छ ।

यससँगै प्रतिष्ठानमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाबाट हालसम्म ५० जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा कास्कीका १५, नवलपुर ९, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका २ र म्याग्दीका १ जना छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ