ला लिगा: बार्सिलोना र रियल म्याड्रिड पराजित

ला लिगा: बार्सिलोना र रियल म्याड्रिड पराजित

barcilona

स्पेनिस ला ला लिगा अन्तर्गत गएराति भएका खेलमा सदाबहार उपाधि दाबेदार मानिने बार्सिलोना र रियल मड्रिड दुवै पराजित भएका छन्।

गएरातिको खेलमा रियल मड्रिड क्याडिजसँग पराजित पराजित भयो। स्टेडियो अल्फ्रेडो डि स्टेफानोमा भएको खेलमा घरेलु टोली क्याडिजसँग पराजित भएको हो। क्याडिजको जितमा एन्थोनी लोजानोले १६ औं मिनेटमा निर्णायक गोल गरे।

त्यस्तै, आज राति भएको अर्को खेलमा बार्सिलोना गेटाफेसँग स्तब्ध भयो। कोलिसेयम अल्फोन्सो स्टेडियममा भएको खेलमा बार्सिलोना घरेलु टोलीसँग १-० ले पराजित भएको हो। गेटाफेको जितमा जयमी माटाले ५६ औं मिनेटमा निर्णायक गोल गरे। उनले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए।

हारका बाबजुद ५ खेल खेलेको रियल मड्रिड १० अंकसहित अंक तालिको शीर्ष स्थानमा छ। ४ खेल खेलेको बार्सिलोना भने ७ अंकसहित नवौं स्थानमा छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ