विश्वव्यापी संकटका रुपमा निम्तिएको कोरोनाले सबै व्यवसाय चौपट बनाउँदा साहसिक खेलमा पनि नराम्ररी प्रभाव प¥यो । सात महिना बन्द हुन पुगेको पोखराको हेम्जा स्थित बन्जी पुनः सञ्चालनमा आएको छ । सेवा सुरुसँगै १५ प्रतिशत छुट अफर पनि सञ्चालक कम्पनी हाइग्राउन्ड एड्भेन्चर्स नेपालले ल्याएको छ ।
असोज १९ गते देखि नै पुनःसञ्चालनमा आएपछि बञ्जी पारखीहरु रम्न थालेका छन् । कोरोनाबाट पूर्ण सावधानीका साथ सेवा सुरु गरिएको सञ्चालक दिनेश महर्जनले बताए । ‘कोरोना महामारीको जोखिम बढ्दै गएपनि स्वास्थ्य सतर्कताको मापदण्डलाई पालना गरेर सञ्चालन गरेका छौं ।’ महर्जनले भने– ‘यहाँ पूर्ण सतर्कता अपनाइएकाले डराउनु पर्दैन । छुटका साथ सेवा सुरु गरेका छौं ।’

महर्जनले साहसिक खेलमा रुचि राख्ने जो शारीरिक र मानसिक रुपमा तयार छन्, उनीहरुले यसको मज्जा लुट्न सक्ने बताए । करिब ७० फिट उचाइको टावरबाट जम्प गर्न सकिने बन्जी गर्दा ४ हजार तोकिएकोमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यस्तै, जिप फ्लायरको मूल्य ४ हजार ५ सय रहेकोमा यसमा पनि छुट पाउनेछन् । बन्जी र जिप फ्लायको कम्बो जम्मा मूल्य ७ हजार २०० थियो । यसमा पनि छुटको व्यवस्था छ । प्याराग्लाइडिङ ३५ सयमै गर्न पाइनेमा १५ प्रतिशतको छुट पाइनेछ ।

हाइग्राउन्ड एड्भेन्चर्स नेपालले एड्भेन्चर पार्क पनि छिट्टै नै सञ्चालन गर्दैछ । पार्क भित्र यस्तै साहसिक खेलहरु हुने महर्जनले बताए ।
सम्बन्धित खबर
प्रथम लायन्स कप भलिबल खेल्न इरानी टोली पोखरा आइपुग्यो
मैत्रीपूर्ण भलिबलमा टिम युनिटी र जिएण्डजी विजयी
भाटखोलामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु
पोखरा चुक्दा ललितपुर अपराजित रहँदै एनएसएल च्याम्पियन, ८० लाख पुरस्कार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशीपको तयारी तीव्र
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ विधाको प्रायोजन सिटिजन फर्निचरले गर्ने
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन