आर्थिक आवाजलाई ‘जर्नालिजम अवार्ड अफ दि इयर’

आर्थिक आवाजलाई ‘जर्नालिजम अवार्ड अफ दि इयर’

arthik awaj

आर्थिक आवाज मिडियाले ‘लायन्स जर्नालिजम अवार्ड अफ दि इयर २०१९-२०’ प्राप्त गरेको छ । आर्थिक मिडिया प्रा।लि। अन्तर्गत आर्थिक आवाज पत्रिका र आर्थिक आवाज डटकम अनलाइन सञ्चालनमा छन् ।

लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालले आर्थिक आवाजलाई उक्त अवार्ड प्रदान गरेको हो । शनिबार भर्चुअल माध्यमबाट आयोजित ‘ग्राण्ड अवार्ड सेरेमोनी’ मा लायन्स वर्ष २०१९-२० का डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले आर्थिक आवाजलाई उक्त अवार्ड प्रदान गरेकी हुन् ।

मिडियाको क्षेत्रबाट आर्थिक आवाजले लायन्सको ब्राण्डिङमा योगदान गरेकाले अवार्ड प्रदान गरिएकोे तत्कालीन गभर्नर लम्सालले सो अवसरमा बताइन् । आर्थिक आवाजले अवार्ड प्राप्त गर्दा खुसी लागेको आर्थिक आवाजका प्रधान सम्पादक तथा सञ्चालक सुरेन्द्र पौडेलले बताए ।

काठमाडौंको नयाँ वानेश्वरमा प्रधान कार्यालय रहेको आर्थिक आवाजको कर्पोरेट कार्यालय पोखरामा छ । आर्थिक आवाज बिगत ५ वर्ष अगाडिबाट सञ्चालनमा रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
सुनको मूल्य घट्यो
राराको डाँफे होटलमा आगलागी

ट्रेन्डिङ