कोरोनाले भर्खरका युवायुवतीको ज्यान जाँदैन भन्ने मानसिकताका कारण प्रायः युवायुवती वेपरवाह बजारमा डुलिरहेको भेटिन्छन् । दिनहुँ अभ्यासमा रहेका युवा उमेरका प्रहरीको नै कोरोनाबाट ज्यान गएको छ । शसस्त्र प्रहरीमा कार्यरत एक प्रहरीको पोखरामा मृत्यु भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत २५ वर्षीय युवकको कोरोनाका कारण मृत्यु भएको हो । उनको गए राती ११ः३० वजे मनिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
असोज २५ गते अस्पताल भर्ना भएका उनको २७ गते संक्रमण पुष्टि भएको थियो । उनी वागलुङ ढोरपाटन नगरपालिका ७ का स्थायी वासिन्दा हुन् । यस सँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५५ सय कटेको छ । आज पोखराका ४७ सहित प्रदेशमा १४५ जना थपिएसँगै प्रदेशभर संक्रमितको संख्या ५५ सय १ जना पुगेका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज ४ वटा विज्ञप्ति प्रकाशित गर्दै संक्रमित संख्या आज १४५ पुगेको जानकारी दिएको हो ।

पछिल्लो एवं चौथो विज्ञप्ति अनुसार पोखरा महानगरपालिका २७ सहित लमजुङ, स्याङ्जा र म्याग्दीका एक, एक गरी ३० जनामा कोरोना संक्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरीएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं १ का २ पुरुष, वडा नं २ का १ पुरुष वडा नं ३ का एक पुरुष, वडा नं ४ का दुई पुरुष, वडा नं ५ का एक महिला, वडा नं ७ का दुई महिला, वडा नं ८ का दुई महिला, वडा नं ९ का एक पुरुष र एक महिला, वडा नं १० का एक पुरुष, वडा नं ११ का एक महिला र एक पुरुष, वडा नं १२ का एक पुरुष, वडा नं १३ को एक पुरुष, वडा नं १४ का एक पुरुष, वडा नं १७ का तीन पुरुष र एक महिला, वडा नं २० का एक पुरुष, वडा नं २८का एक पुरुष, वडा नं ३३ मा नौ महिने बालिका तथा पोखराका वडा नखुलेका एक पुरुषमा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, कोरोना पुष्टि हुनेमा म्याग्दी अन्नपूर्ण गाउँपालिका वडा नं ५ का एक पुरुष, स्याङ्जा हरिनास गाउँपालिका वडा नं ६ का एक पुरुष, लमजुङ जिल्ला मध्य नेपाल नगरपालिका वडा नं ४ का एक पुरुष रहेका छन् ।

तेस्रो विज्ञप्ति अनुसार, पोखराको मेट्रोसिटी अस्पतालमा कार्यरत एक चिकित्सकसहित गण्डकी प्रदेशमा ३७ जनामा कोरोना संक्रमण देखिएको छ ।
क्षयरोग उपचार केन्द्र पोखराका गरिएको परीक्षणमा नवलपुरमा १६, कास्कीमा एक, पर्वतमा एक, स्याङजा र लमजुङमा चार-चार जना, गोरखामा नौ र बागलुङका दुई जनामा संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा २५ का २७ वर्षीय पुरुष मेट्रोसिटी अस्पताल सृजनाचोकमा कार्यरत चिकित्सक रहेको निर्देशानलयले जनाएको छ । सोही अस्पतालमा उपचाररत पर्वत कुश्मा ५ की एक महिला, स्याङजा पुतलीबजार नगरपालिका–२ का एक पुरुष, स्याङ्जा कालिगण्डकी वडा नं नखुलेका दुई पुरुष र एक महिला, लमजुङ जिल्ला वेँसीसहर ७ का एक पुरुष, वडा नं ८ का एक पुरुष, राइनास नगगरपालिका वडा नं ५ का एक पुरुष, सुन्दरबजार नगरपालिका वडा नं ७ का एक पुरुष रहेका छन् ।
गोरखा भिमसेन थापा गाउँपालिका ४ का एक महिला , आरुघाट गाउँपालिका ४ का एक पुरुष र एक महिला, वडा नं ५ का एक पुरुष, वडा नं ९ का तीन पुरुष, वडा नं १० का दुई पुरुष, बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं २ का एक पुरुष, वडा नं ४ का एक पुरुष, नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका वडा नं ६, ७, ९,१० र १५ वडामा तीन वर्षीय बालक सहित सात पुरुष र आठ महिलाको कोरोना पुष्टि भएको हो ।
दोस्रो विज्ञप्ति अनुसार, गण्डकी प्रदेशमा थप २५ जनामा संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा नवलपरासी , गोरखा र लमजुङ गरि ३ जिल्लाका २५ जनामा संक्रमण पुष्टि भएको हो । नवलपरासी थप २३ जनामा संक्रमण पुष्टि भएको छ । देवचुली नगरपालिकाका ४ जना , गैँडाकोटमा १८ जना र कावासोतीमा १ जना गरि नवलपरासीमा थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।
गोरखाको गोरखा नगरपालिकामा थप १ जनामा संक्रमण पुष्टि भएको छ । यता लमजुङ सुन्दरबजारमा पनि १ जनामा संक्रमण पुष्टि भएको छ । गोरखा जिल्ला र लमजुङ जिल्लाका संक्रमित उपचारको लागि चितवन मेडिकल कलेजमा गएका व्यक्ति थिए । उनीहरु सोहि अस्पतालको आईसोलेसनमा बसेका छन् । अन्य सबैजना कन्ट्याक्ट ट्रेसिङ बाट पहिचान भएका हुन् ।

बिहानै गण्डकी प्रदेशमा ७८ जना कोरोना संक्रमित थपिएका छन् । पहिलो विज्ञप्ति अनुसार कास्कीको पोखरा महानगरका १९ सहित तनहुँका ६ , वागलुङका ७ , गोरखाका ६, नवलपुरका ३८ र लमजुङका ३ जना गरी थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा पोखराको ५ का २ पुरुष, ८ का १ पुरुष , ९ का १ पुरुष, १२ का १ पुरुष , २६ का १ पुरुष, २७ का ४ पुरुष, २८ की १ महिला, २९ का १४ पुरुष र १ महिला, ३० का १ पुरुष र १ महिला तथा ३२ की १ महिला रहेका रहेका छन् ।
तनहुँको, ऋषिङ ४ का १ पुरुष, ब्यास ३ का ५ पुरुष ,गोरखा पालुङटार १ का १ पुरुष, २ का १ पुरुष, ५ का १ पुरुष र १ महिला, गोरखा नगरपालिका १० का १ पुरुष, लमजुङ सुन्दरबजार १० की १ महिला तथा वडा नखुलेका १ पुरुष र १ महिला, वागलुङ गल्कोट ४ का १ पुरुष तथा १ पुरुष, ६ का ३ पुरुष , ७ की १ महिला, ९ की १ महिला, नवलपुर कावासोतीका ३ की १ महिला, ८ का २ पुरुष तथा ३ महिला, ९ की १ महिला र देवचुलीका १० वटा वडाका ९ पुरुष तथा ४ महिला तथा गैंडाकोटका ६ वटा वडाका १४ पुरुष र ४ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु