महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभरी हालसम्म ११ लाख तीन हजार ३७९ जनाको मृत्यु भएको छ। विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार कोरोना भाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या तीन करोड ९२ लाख सात हजार ४३६ पुगेको छ।कुल सङ्क्रमित मध्ये दुई करोड ९३ लाख ९७ हजार ८३५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भइसकेको तथ्याङ्क छ।
विश्वभरी अहिलेपनि ८७ लाख छ हजार २२२ जना सङ्क्रमित अवस्थामै रहेका छन्। ती मध्ये ८६ लाख ३५ हजार ३१६ जनाको अवस्था मध्यम छ भने अरु ७० हजार ९०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।सङ्क्रमितहरुको सङ्ख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, स्पेन, अर्जेन्टिना, कोलम्बिया, पेरु, मेक्सिको र फ्रान्स क्रमशः अग्र देशमा रहेका छन्।
अमेरिकामा अहिलेसम्म ८२ लाख १६ हजार ३१५ जना सङ्क्रमित भएका छन् भने दुई लाख २२ हजार ७१७ जनाको मृत्यु भएको छ। त्यसैगरी भारतमा ७३ लाख ७० हजार ४६८ जना सङ्क्रमित हुँदा एक लाख १२ हजार १६१ जनाको मृत्यु भएको विवरण छ।
सङ्क्रमितहरुको संख्या हेर्दा ब्राजिलमा ५१ लाख ७० हजार, रुसमा १३ लाख ६९ हजार स्पेनमा नौ लाख ७२ हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।
गत डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको पुष्टि गरिएको कोरोनाभाइरस अहिले फैलिदै विश्वका २१६ देशमा पुगिसकेको छ। रासस
सम्बन्धित खबर
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने कि नदिने ? सर्वोच्चमा यस वर्ष दोस्रोपटक मुद्दा
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की