सर्वोच्चद्वारा कोरोना संक्रमित बञ्चित हुनेगरी लोकसेवाको परीक्षा नलिन आदेश

सर्वोच्चद्वारा कोरोना संक्रमित बञ्चित हुनेगरी लोकसेवाको परीक्षा नलिन आदेश

sarbochha-adalatfhfn9suhpi

काठमाण्डौ – सर्वोच्च अदालतले कोरोना संक्रमित बञ्चित हुनेगरी परीक्षा नलिन आदेश दिएको छ। मानव अधिकार रक्षक सञ्जालका तर्फबाट दायर रिटमा कोरोना संक्रमितले सहभागि हुन नपाउने गरी लोक सेवा आयोगले तयार पारेको परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यस्तो आदेश दिएको हो। आदेशमा संविधानले प्रत्याभूत गरेको मौलिक अधिकार विपरीत मापदण्ड तयार भएको समेत उल्लेख गरिएको छ।

“यस्तो महामारीको समयमा परीक्षा सञ्चालन हुन गैरहेको अवस्थामा लोक सेवा आयोगको मापदण्डले संक्रमित व्यक्तिहरू मात्र परीक्षा दिनबाट बञ्चित भई उनीहरूको संविधान प्रदत्त पेशा रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्य अवस्थाको आधारमा विभेद विरुद्धको हक, छुवाछ्त तथा भेदभाव विरुद्धको अधिकारको समेत उलंघन हुन जान्छ”, आदेशमा भनिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds