गण्डकी प्रदेशमा आज अहिलेसम्मकै उच्च संक्रमित थप भएका छन् । एकै दिन थपिए १६९ जना थपिएका हुन् । पोखरामा ३५ थप भएभने नवलपुरमा ५८, म्याग्दीमा ४, तनहुँमा ११, गोरखामा ७, लमजुंगमा ३ र बाग्लुंगमा ५१ जना थपिए । यससँगै प्रदेशभर ५३ सय ५६ संक्रमित पुगेका छन् ।
पोखरामा बिहानै ३० सहित गण्डकी प्रदेशमा ९७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पहिलो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ५ जिल्लाका ९७ जनामा संक्रमण पुष्टि भएको हो । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
पोखरा महानगरका ३० जना, लमजुङका ३ जना, नवलपुरका ६ जना, गोरखाका ७ जना र बागलुङ ५१ जना गरी थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तनहुँका ११ जनामा कोरोना पुष्टि, व्यास नगरपालिकाका मात्रै १० जना
तनहुँमा ११ जना कोरोना संक्रमित थपिएको छ ।दोस्रो विज्ञप्ति अनुसार जिल्लाको व्यास नगरपालिकाका १० जना र तेस्रो विज्ञप्तिमा ठेगाना नखुलेको एक जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
तनहुँ जिल्ला व्यास नगरपालिका वडा नम्बर १ मा २ पुरुष र १ महिला , वडा नम्बर २ मा १ पुरुष , वडा नम्बर ५ मा १ जना पुरुष , वडा नम्बर ४ मा ४ जना महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
पोखरामा मात्रै फेरि ५ जना थप भए । तेस्रो विज्ञप्तिमा पोखराका ४ पुरुष र १ महिला थप भएका हुन् ।संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरको वडा नं। ३ का एक पुरुष, १० की एक महिला, ११ का दुई पुरुष, पोखराको वडा नखुलेका एक पुरुष तथा तनहुँको पालिका नखुलेकी एक महिला रहेका छन् ।
चौथौ विज्ञप्तिमा नयाँ ४ जना संक्रमितहरु थप भए । पाँचौ विज्ञप्ति अनसार नवलपुरका ५२ जनामा एकैसाथ कोरोना पुष्टि भयो ।




सम्बन्धित खबर
सहारालाई राज्यले सहयोग गर्नुपर्छ: उपाध्यक्ष आचार्य
गण्डकी प्रदेशमा मनाइयो नवौं स्वास्थ्य बीमा दिवस
संगीतमय बन्यो आलु महोत्सव
ल्वाङगाउँमा मेला जारी, महिला भलिबलतर्फ उपाधिका लागि धम्पुस र घलेल भिड्ने
प्रभु बैंकद्वारा ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर