जबर्जस्ती करणी गरेको अभियोगमा गोरखा पालुङटारका ४० वर्षीय पुरुष पक्राउ

जबर्जस्ती करणी गरेको अभियोगमा गोरखा पालुङटारका ४० वर्षीय पुरुष पक्राउ

rape

काठमाण्डौ – १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोर्खा जिल्ला पालुङटार नगरपालिका वडा नं – २ घर भइ हाल नागार्जुन नगरपालिका – ४ सितापाईला बस्दै आएका ४० वर्षीय दिपेश देवकोटा रहेका छन् ।

घटना असोज ८ गतेको भएपनि परिवारले बुधबार मात्र थाहा पाएपछि दिपेश विरुद्ध जबर्जस्ती करणीको अभियोगमा उजूरी दर्ता गरेका गरेका थिए । परिवारको जाहेरी लगत्तै प्रहरीले बुधबार राती देवकोटालाई पक्राउ गरेको जनाएको छ ।

हाल प्रहरी नियन्त्रणमा रहेका उनीमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ