नेपालबाट मनसुन बाहिरिन अझै केही समय लाग्ने

नेपालबाट मनसुन बाहिरिन अझै केही समय लाग्ने

mausam

बिहीबार पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र अरब सागर तिर सर्ने क्रममा रहेकाले नेपालमा थोरै प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र अरब सागरतर्फ सर्ने क्रममा रहेकाले प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ । तीन प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएर एक दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

देशका अन्य भागको मौसम भने सफा रहने छ । त्यसैगरी बिहीबार राति प्रदेश १ का एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । शुक्रबार र शनिबारसमेत केही ठाउँमा पानी पर्ने सम्भावना रहेको पूर्वानुमान मौसमविदले गरेका छन् । पानी परे पनि अब ठूलो वर्षा र झरीको संभावना छैन ।

नेपालमा अझैपनि केही दिन हल्का पानी भने परिरहने छ । यो वर्षको मनसुन सकिन अझै केही दिन लाग्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds