आईपीएल: दिल्ली फेरि शीर्षस्थानमा उक्लियो

आईपीएल: दिल्ली फेरि शीर्षस्थानमा उक्लियो

delhi capitals

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले अर्को हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा राजस्थान दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले शिखर धवन र कप्तान श्रीयस ऐयर अर्धशतकीय पारिको मद्दतले राजस्थानविरुद्ध निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनायो । दिल्लीको सुरुवात भने राम्रो रहन सकेन । खाता नै नखोली पृथ्वी श आउट हुन पुगे । टिमको स्कोरबोर्डमा १० रन भएका बेला अजिंका रहाने पनि पभेलियन फर्किएका थिए ।

सुरुकै दुई विकेट लिएर राजस्थानको जोफ्रा आर्चरले दिल्लीलाई दबाबमा ल्याएका थिए । त्यसपछि श्रीखर धवन र श्रीयस अय्यरले ८५ रनको साझेदारी गर्दै टिमको स्कोर ९५ रन पुगाए । तेस्रो विकेटको रुपमा अर्धशतकीय पारि खेलेका धवन आउट हुन पुगे । धवनले ३३ बलमा ६ चौका र २ छक्कासहित ५७ रन बनाएर आउट भएका हुन् । तर धवन आईपीएलमा सर्वाधिक ३९ अर्धशतक बनाउने पहिलो भारतीय खेलाडी भने बनेका छन् ।

त्यसपछि टिमको स्कोर १३२ रन भएका बेला कप्तान अय्यर पनि अर्धशतकिय पारीका साथ बिदा भए । उनले ४३ बलमा तीन चौका तथा दुई छक्काको सहारमा ५३ रन बनाए । मार्कस स्टोनिस १८ तथा एलेक्स केरी १७ रन बनाएर आउट हुँदा अक्सर पटेल पनि ७ रनमा पभेलियनको बाटो लागे ।

राजस्थानका जोफ्रा आर्चरले तीन विकेट लिँदा जयदेव उनादकटले २ विकेट लिए । कार्तिक त्यागी र श्रीयस गोपालले एकरएक विकेट बाँडे । जवाफमा राजस्थानले २० ओभरमा सात विकेट गुमाउँदा एक सय ६१ रनमा रोकियो । ३७ रनमा पहिलो विकेट गुमाएको राजस्थानले ४० रनमा दोस्रो खेर फालेको थियो । उसको स्कोर एक सय १० रन हुँदा पाँच विकेट झरेको थियो ।

राजस्थानका लागि जोस बट्लरले २२ रन बनाए भने बेन स्टोकले ४१, सञ्जु सामसानले २५ रन बनाए । यस्तै रविन उथप्पाले ३२ रन जोडे । राजस्थानका कप्तान स्टिभ स्मिथ एक रनमा आउट भए भने रियान प्राग पनि एक रनमा रनआउट भए । अन्तिममा राउल टेवाटियाले १४ रन बनाए पनि टिमलाई हारबाट बचाउन पर्याप्त बनेन । दिल्लीका लागि तुसार देशपाण्डे र एनरिच नोर्जीले दुईरदुई विकेट लिए ।

जितपछि दिल्लीले आठ खेलमा १२ अंक बनाएको छ । उसले अहिलेसम्म ६ खेलमा जित निकालेको छ । राजस्थानका भने यो प्रतियोगितामा पाँचौं हार हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ