गण्डकीमा कोभिड अपडेटः तनहुँमा एकै परिवारका ३ सहित प्रदेशभर ६ जनाको मृत्यु, पोखरामा ४८ सहित प्रदेशभर ८७ संक्रमित थपिए

गण्डकीमा कोभिड अपडेटः तनहुँमा एकै परिवारका ३ सहित प्रदेशभर ६ जनाको मृत्यु, पोखरामा ४८ सहित प्रदेशभर ८७ संक्रमित थपिए

Gandaki covid corona 3

गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ हजार १८७ पुगेको छ । आज पोखरामा ४८ जना सहित प्रदेशभर ८७ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले ६ वटा विज्ञप्ति जारी गर्दै समग्रमा ८७ जनामा कोरोना पुष्टि भएको जनाएको हो । गण्डकी प्रदेशमा मंगलबार थप २१ जना डिस्चार्ज भएसँगै प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ४ सय ७० पुगेको छ ।

तनहुँमा एकै परिवारका ३ सहित प्रदेशभर ६ जनाको मृत्यु 

गण्डकी प्रदेशमा आज ६ जनाको मृत्यु भएको छ ।  स्याङ्जा भिरकोट २  कि कोरोना संक्रमित ५२ वर्षीया महिलाको पोखरामा मृत्यु भएको छ । ती महिला असोज २६ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा आइसियुमा भर्ना भएकी थिइन् ।

बुधबार बिहान ९ः३४ मा उपचारको क्रममा उनको निधन भएको अस्पतालका निर्देशक सह प्रा. डा. अर्जुन आचार्यले जानकारी दिए ।

उनलाई कोरोनासँगै हाइपोथेरोडिज्म तथा हाइपरटेन्सन जस्ता समस्या भएको अस्पतालले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना पोजेटिभ भई उपचारको क्रममा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

यसअघि, हिजो लमजुङको बेंसीसहर नगरपालिका २ घर भएका ५६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट पोखरामा मृत्यु भएको थियो । असोज १८ गते कोभिड संक्रमण भई उपचार केन्द्रको आईसीयुमा भर्ना गरी उपचार गराइरहेका ती व्यक्तिको मंगलबार दिउँसो ४ बजेर २३ मिनेट जाँदा मृत्यु भएको हो ।

तनहुँमा एकै परिवारका ३  जनाको मृत्यु 

तनहुँमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको भिमाद-६ का एकै परिवार ३ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

गत असोज १९ गते तनहुँको भिमाद-६ का ७२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । त्यस्तै, असोज २४ गते भिमाद-६ का ७५ बर्षीय पुरुष बि. एण्ड बि. अस्पताल काठमाडौँमा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यस्तै, असोज २५ गते भिमाद-६ का ९८ वर्षीय पुरुष मेडिसिटी अस्पताल काठमाडौँमा कोरोना कै कारण मृत्यु भएको हो । ९८ वर्षीय वृद्ध र उनका २ छोराको कोरोनाबाट मृत्यु भएको हो ।

मृत्यु हुने माइला छोरा र साइँला छोरा हुन् । बृद्धका कान्छा छोरामा १७ असोजमा कोरोना पुष्टि भएको थियो । अहिले उनी निको भएर घर फर्किएका छन् ।

संक्रमण पुष्टि भएकी माइलाकी श्रीमती शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत छन् । यस्तै, जेठा छोरासमेत कोरोना संक्रमित भएपछि अहिले काठमाडौंकै ह्याम्स अस्पतालमा उपचाररत छन् । जेठा छोराकी बुहारी पनि अहिले कोरोनाका कारण होम आइसोलेसनमै रहेकी छन् ।

योसंगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको निर्देशनालय गण्डकीले जनाएको छ ।

पोखराको चरक हस्पिटलमा उपचाररत कोरोना संक्रमितको मृत्यु

गण्डकी निर्देशनालय निर्देशक विनोद विन्दुका अनुसार कोरोना सङ्क्रमण भई हस्पिटलमा उपचाररत बागलुङ नगरपालिका २ का ७७ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार दिउसो १२ : १०बजे मृत्यु भएको जानकारी दिनुभयो ।

गत असोज २५ गते अस्पतालमा भर्ना भएका पुरुषमा मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धि समस्या रहेको थियो । यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

पोखरामा उपचाररत लमजुङका कोरोना संक्रमितको मृत्यु

लमजुङको बेंसीसहर नगरपालिका २, घर भएका ५६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट पोखरामा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा आईसीयुमा उपचार गराइरहेका उनको मंगलबार दिउँसो ४ बजेर २३ मिनेट जाँदा मृत्यु भएको हो ।

अस्पताल निर्देशक सह–प्राध्यापक डा. अर्जुन आचार्यद्वारा जारी विज्ञप्तिमा असोज १८ गते कोभिड संक्रमण भई उपचार केन्द्रको आईसीयुमा भर्ना गरी उपचार गराइरहेका ती व्यक्तिको मृत्यु भएको उल्लेख छ ।

ती व्यक्तिमा कोभिड १९, मुटुको समस्या, मधुमेहको समस्या रहेको आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।कोभिड १९ पोजिटिभ भएर प्रतिष्ठानमा मृत्यु भएको उनी १२ औं व्यक्ति रहेको अस्पतालले जनाएको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ४, लमजुङका २, बागलुङ र म्याग्दीका १/१ जना छन् ।

पोखरामा कार्यरत सवारी चालक सहित गण्डकी प्रदेशमा थप १७ जनालाई कोरोना पुष्टि

पोखरामा १ सहित गण्डकी प्रदेशमा १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पहिलो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा २ जिल्लाका १७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका वडा नम्बर २७ का १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ३४ वर्षीय पुरुष हुन् । उनी क्षयरोग उपचार केन्द्र पोखरामा सवारी चालकका रुपमा कार्यरत रहेका छन् ।

गोरखामा १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै गण्डकीका हुन् । जिल्लाका सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङका माध्यमबाट पहिचान भएका हुन् ।

पोखराका विभिन्न अस्पतालका कर्मचारी तथा बिरामीलाई कोरोना, पोखरामा थप ४६ जना सहित गण्डकीमा एकैपटक ५३ संक्रमित थपिए

पोखरामा ४६ सहित गण्डकी प्रदेशमा ५३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। चौथो र पाचौ विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ६ जिल्लाका ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा संक्रमण पुष्टि हुनेहरुमा पोखराको चरक मेमोरियल अस्पतालमा कार्यरत २४ वर्षीया महिला स्वास्थ्यकर्मी र उपचाररत ४ पुरुष, गण्डकी मेडिकल कलेजमा उपचाररत ३ पुरुष र २ महिला, पोखरा वडा नं. २ का १ पुरुष, वडा नं.४ का ३ पुरुष, वडा नं. ५ का १ बालिका र १ महिला, वडा नं. ७ का ४ पुरुष, वडा नं. ८ का २ पुरुष र १ महिला, वडा नं.९ का ६ जना पुरुष, वडा नं.१० का ३ जना पुरुष, वडा नं. ११ का १ पुरुष, वडा नं.१३ का १ पुरुष र १ महिला, वडा नं.१७ का ४ पुरुष र २ महिला, वडा नं.२६ का १ पुरुष, वडा नं. ३२ का १ पुरुष तथा वडा नखुलेका २ महिला र उमेर नखुलेका १ पुरुष रहेका छन ।

तनहुँमा थप एक जना कोरोना संक्रमित थपिएको छ । जिल्लाको आबुँखैरेनी गाउँपालिकामा बुधबार थप १ जना महिलमा कोरोना संक्रमण पुष्टि भएको हो । आबुँखैरेनी-६ की ५९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यसै गरी नेपाल आर्मीमा कार्यरत वागलुङका २३ वर्षीय पुरुष र वडा नखुलेका १ पुरुष, लमजुङका वडा नखुलेका १ पुरुष, स्याङजा पुतलीवजार २ र ४ का २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds