पोखरा – कास्की प्रहरीले अवैध लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्लामा लागुऔषधको ओसारपसार तथा बिक्रीवितरण भइरहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहात वडा प्रहरी कार्यालय वगरबाट खटिएको प्रहरीको टोलीले पोखरा -३ नदिपुरमा चेकजांच गर्ने क्रममा राती अन्दाजी १ :३० बजेको समयमा अवैध लागुऔषध सहित कास्कीको अन्नपूर्ण गाउँपालिका १० घर भइ हाल पोखरा १० रामबजार बस्दै आएका २० वर्षीय प्रकाश विकलाई पक्राउ गरेको हो ।
प्रहरीले विकको साथबाट निलो प्लाष्टिकको झोलामा लुकाई राखेको गाँजा ६५० ग्राम वरामद गरेको छ ।
पक्राउ परेका उनीमाथि लागुऔषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट १८ दिनको म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ