पोखरामा ४६ सहित गण्डकी प्रदेशमा ५३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। चौथो र पाचौ विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ६ जिल्लाका ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा संक्रमण पुष्टि हुनेहरुमा पोखराको चरक मेमोरियल अस्पतालमा कार्यरत २४ वर्षीया महिला स्वास्थ्यकर्मी र उपचाररत ४ पुरुष, गण्डकी मेडिकल कलेजमा उपचाररत ३ पुरुष र २ महिला, पोखरा वडा नं. २ का १ पुरुष, वडा नं.४ का ३ पुरुष, वडा नं. ५ का १ बालिका र १ महिला, वडा नं. ७ का ४ पुरुष, वडा नं. ८ का २ पुरुष र १ महिला, वडा नं.९ का ६ जना पुरुष, वडा नं.१० का ३ जना पुरुष, वडा नं. ११ का १ पुरुष, वडा नं.१३ का १ पुरुष र १ महिला, वडा नं.१७ का ४ पुरुष र २ महिला, वडा नं.२६ का १ पुरुष, वडा नं. ३२ का १ पुरुष तथा वडा नखुलेका २ महिला र उमेर नखुलेका १ पुरुष रहेका छन ।
तनहुँमा थप एक जना कोरोना संक्रमित थपिएको छ । जिल्लाको आबुँखैरेनी गाउँपालिकामा बुधबार थप १ जना महिलमा कोरोना संक्रमण पुष्टि भएको हो । आबुँखैरेनी-६ की ५९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
त्यसै गरी नेपाल आर्मीमा कार्यरत वागलुङका २३ वर्षीय पुरुष र वडा नखुलेका १ पुरुष, लमजुङका वडा नखुलेका १ पुरुष, स्याङजा पुतलीवजार २ र ४ का २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ५ हजार १८७ पुगेको छ ।


सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो