पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले औपचारिक रुपमा पुष्टि गरेको छ ।
तनहुँका ३ जनाको ज्यान गएको पुष्टि गरेको छ । जिल्लाको भीमाद नगरपालिका ६ का ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते ज्यान गएको हो । त्यस्तै, सोही स्थानका ७५ वर्षीय पुरुषको बि एण्ड बी हस्पिटल काठमाडौंका असोज २४ गते तथा ९८ वर्षीय पुरुषको मेडिसिटी अस्पताल काठमाडौंमा असोज २५ गते कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो । उनीहरु एकै परिवारका हुन् । ९८ वर्षीय वृद्ध र उनका २ छोराको कोरोनाबाट मृत्यु भएको हो ।
आज बिहान पनि स्याङ्जाको भीरकोट नगरपालिका २ की ५२ वर्षीय महिलाको ज्यान गएको छ । उनको आज बिहान ९ बजेर ३४ मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । हिजो लमजुङको बेंसीसहर नगरपालिका २, घर भएका ५६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट पोखरामा नै मृत्यु भयो । यससंगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४५ पुगेको छ ।
कास्कीमा थप २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको पोखरा महानगरपालिकाकी ४१ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो । उनी पोखराको कति नम्बर वडाकी हुन् भन्ने खुलेको छैन ।
यस्तै माछापुच्छ्रे गाउँपालिकाका १ जनालाई कोरोना संक्रमणन पुष्टि भएको छ । उनी सोही गाउँपालिका अन्तरगत वडा नम्बर २ की ५२ वर्षीय महिला हुन् । संक्रमित दुवै जना महिला पोखरामा रहेको फेवासिटी अस्पतालमा उपचारका लागि पुगेका थिए । आज बिहान पनि पोखरामा १ जनालाई संक्रमण पुष्टि भएको थियो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा गोरखाका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको गोरखा नगरपालिकाका हुन् । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन । पर्वतमा कुश्मा नगरपालिका वडा नम्बर १२ का १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार १ सय ३१ पुगेको छ ।

सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो