पोखरा । स्याङ्जा भिरकोट २ कि कोरोना संक्रमित ५२ वर्षीया महिलाको पोखरामा मृत्यु भएको छ । ती महिला असोज २६ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ९पश्चिमाञ्चल क्षेत्रीय अस्पताल० मा आइसियुमा भर्ना भएकी थिइन् ।
बुधबार बिहान ९ः३४ मा उपचारको क्रममा उनको निधन भएको अस्पतालका निर्देशक सह प्रा. डा. अर्जुन आचार्यले जानकारी दिए ।
उनलाई कोरोनासँगै हाइपोथेरोडिज्म तथा हाइपरटेन्सन जस्ता समस्या भएको अस्पतालले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना पोजेटिभ भई उपचारको क्रममा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
यसअघि, हिजो लमजुङको बेंसीसहर नगरपालिका २ घर भएका ५६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट पोखरामा मृत्यु भएको थियो । असोज १८ गते कोभिड संक्रमण भई उपचार केन्द्रको आईसीयुमा भर्ना गरी उपचार गराइरहेका ती व्यक्तिको मंगलबार दिउँसो ४ बजेर २३ मिनेट जाँदा मृत्यु भएको हो ।
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते