नेसन्स लिग: स्पेन युक्रेनसँग पराजित

नेसन्स लिग: स्पेन युक्रेनसँग पराजित

spain

यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले पहिलो हार व्यहोरेको छ । समूह डीमा रहेको स्पेनलले चार खेल खेल्दा पहिलो हार व्यहोरेको हो । सुरुवाती तीन खेल मध्येमा दुई खेलमा जित र एक खेल बराबरी खेलेको स्पेनले चौथो खेलमा भने युक्रेनसँग पराजित हुन पुगेको हो ।

मंगलबार राति युक्रेनको घरेलु मैदानमा भएको खेलमा स्पेन घरेलु टोलीसँग १–० गोलले पराजित भएको हो । युक्रेनको जितका लागि खेलको एक मात्र निर्णायक गोल भिक्टर छिहान्कोभले गरे । उनले पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गरेका थिए ।

भिक्टरले खेलको ७६ औं मिनेटमा एन्द्रिए यर्मोलेन्कोको पासमा गोल गर्दै युक्रेनलाई जित दिलाएका थिए । जितसँगै युक्रेनले समूह डीमा दोस्रो जित निकालेको छ । चार खेल खेलको युक्रेनको ६ अंकसहित तेस्रो स्थानमा छ ।

पराजित स्पेन भने ७ अंकसहति समूहको शीर्ष स्थानमा छ । समूहमा समान खेल खेलेको स्पेनलले यसअघि दुई खेलमा जित र एक खेल बराबरी खेलेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ