अब एक हजारमै कोरोना परीक्षण हुने

अब एक हजारमै कोरोना परीक्षण हुने

PCR test

सरकारले कोरोना भाइरस पहिचान गर्नको लागि एन्टिजेन (एन्टिजेन बेस्ड टेस्ट) किटमार्फत परीक्षण गर्न अनुमति दिएको छ । यस विधिबाट गरिने परीक्षण शुल्क एक हजार रुपैयाँ तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमले एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्दा अधिकतम एक हजार रुपैयाँमात्रै शुल्क लिने व्यवस्था गरिएको बताउनुभयो । उहाँले शुल्क समयअनुकुल परिमार्जन गर्दै लगिने बताए । एकै पटक ठुलो संख्यामा परिक्षण गर्न एन्टिजिन टेष्ट गरिने गौतमको भनाई छ।

‘धेरै भिडभाड हुने ठाउँमा र अर्जेन्ट रिपोर्ट चाहिएको खण्डमा पनि यो उपयोगी हुने देखिन्छ’, डा. गौतमले जनाए, ‘धेरै मानिस बस्ने ब्यारेकलगायतका ठाउँ र अप्रेशन गर्नुपर्ने बिरामीको कोरोना परीक्षण गर्नुपरेमा यो १० मिनेटमा रिपोर्ट आउने भएकाले उपयुक्त हुनेछ ।’

यस्तै प्रवक्ता गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएका प्रयोगशालाले मात्र परीक्षण गर्न पाउने बताए । यसैबीच सरकारले कोरोना भाइरसको जोखिम लगातार बढिरहेको भन्दै जनस्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ । देशभरका सात सय ५३ वटै पालिकालकाई जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नरगराउन निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एन्टिजिन टेष्टमा नतिजा

एन्टिजिन टेष्टमा नतिजा नेगेटिभ आए संक्रमण नभएको ठानिने छ भने नेगेटिभ आएमा लक्षणको मुल्याङक गरिने छ। प्रवक्ता गौतमले नेगेटिभ आएर लक्षण नभएमा केही समय पर्खिने तर पीसीआर नगर्ने बताए।

‘लक्षण भएमा आइसोलेसनमा राख्ने र पीसीआर गरिने बताए। ‘सम्बन्धित मान्छेको लक्षणहरु सोध्छौं। लक्षण छैन भने हामी पर्खन्छौं। पीसीआर गर्दैनौं। लक्षण छ भने हामी आइसोलेट गर्ने र पीसीआर जुनबेला सम्म एन्टिजिन टेष्ट दोहोर्‍याइदैन। पोजेटिभ आएमा आइसोलेसनमा राख्छौ र नेगेटिभ आएमा अरु कारणहरु खोज्छौं। किनभने यो लक्षण भएका बिरामीमा गर्ने हो,’ उनले भने।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds