दक्षिण अमेरिकी क्षेत्रको विश्व कप छनौट अन्तर्गत अर्जेन्टिनाले दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनज र जोआक्वीन कोरेयाले एक एक गोल गरेका थिए । कोरेयाले खेलको ७९ औ मिनेटमा निर्णायक गोल गर्दै अर्जेन्टिनालाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।
त्यस्तै बोलिभियाका लागि मार्सेलो मार्टिन्स मोरेनोले एक गोल गरेका थिए । अर्जेन्टिनाले विश्व कप छनौट अन्तर्गत यस अघि इक्वेडरविरुद्धको पहिलो खेल पनि जितेको थियो ।
अब अर्जेन्टिनाले तेस्रो खेल नोभेम्बर १२ मा पराग्वेविरुद्ध खेल्दै छ । विश्वकपमा दक्षिण अमेरिकाका १० देश मध्ये यस क्षेत्रबाट शिर्ष स्थानमा रहने ४ देश विश्वकपका लागि छनौट हुने छन भने एक देश अन्तरमहादेशीय छनौट खेल्न पाउने छन् ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते