आईपीएल : हैदराबादलाई २० रनले हराउँदै चेन्नईको तेस्रो जित

आईपीएल : हैदराबादलाई २० रनले हराउँदै चेन्नईको तेस्रो जित

csk

इण्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदराबाले पाँचौ हार बेहोरेको छ । मंगलबार राति भएको खेलमा हैदरावाद २० रनले पराजित भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनायो । सेन वाट्सन र अम्बाती रायडूले चेन्नेईको स्कोर १०० रन पार गराएका थिए । राइडु ४१ रनमा आउट हुँदा चेन्नेईको स्कोर १ सय १६ रन थियो ।

यसैगरी वाट्सन पनि व्यक्तिगत ४२ रन बनाएर पभेलियन फर्किए । वाट्सनले ३८ बलमा ३ छक्का र एक चौका प्रहार गरे । कप्तान महेन्द्र सिंह धोनी पनि १३ बलमा २१ रन बनाएर आउट भए । रविन्द्र जडेजाले १० बलमा २५ रन बनाए ।

जवाफमा हैदरावाद २० ओभरमा ८ विकेट गुमाउँदा एक सय ४७ रनमा रोकियो । मध्यम सुरुवात गरेको हैदरावादले २३ रनमा पहिलो विकेट गुमाएको थियो भने ५९ रन बनाउँदा तीन विकेट खेर फालेको थियो । जारी प्रतियोगितामा हैदरावादको पाँचौ हार हो । यो जितपछि चेन्नेईको आठ खेलमा ६ अंक भएको छ । हैदरावादको पनि आठ खेलमा ६ अंक रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ