तनहुँ । तनहुँको व्यास नगरपालिकामा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएपनि तत्काल लकडाउन नहुने नगरपालिकाले जनाएको छ ।
सतर्कता नअप्नाए कोरोना संक्रमणको अवस्था दमौली र आसपासमा भयावह हुन सक्ने देखिएको व्यास नगरपालिकाले जारी गरेको विज्ञाप्तीमा जनाएको छ । तर तत्काल लकडाउनको परिकल्पना गर्न कठिन रहेको नगरपालिकाले जनाएको छ ।
मंगलबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै नगरपालिकाले नेपालीहरुको महान पर्व दशैं, तिहार नजिकिदै गरेकाले तत्काल लकडाउनको परिकल्पना गर्न कठिन रहेको जनाएको छ । चाडबाडमा व्यापार, व्यवसाय संचालन हुने र मानिसहरुको आवतजावत हुने भएकाले पनि लकडाउन गर्न नसकिने नगरपालिकाले बताएको छ ।
नगरपालिकाले ठूला चाडवाडको अवस्था रहेको हुँदा परम्परागत मानिसहरु भेला भई पूजा, बली, प्रार्थना, भोजभेतर गर्ने अवस्थाबाट संक्रमण विस्तारित हुने भन्दै त्यस्ता कुनै कार्यक्रमहरु नगर्नु अनुरोध पनि गरेको छ ।
त्यस्तै कोरोना संक्रमणको अवस्था हेरेर कार्तिक १५ सम्म विद्यालय बन्द गर्न अनुरोध गरेको छ । सो विज्ञप्तिमा यसका लागि विद्यालय व्यवस्थापन समितिमार्फत निर्णय लिन भनिएको छ । नगरपालिकाले जारी गरेको विज्ञप्तिमा घरबाट अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र अनुरोध गरिएको छ ।
त्यस्तै संक्रमित भएका व्यक्तिहरुलाई घरमा होम आईसोलेसनको व्यवस्था नभएमा अस्पतालमा बस्न र नेगेटिभ रिपोर्ट नआउँदासम्म स्वास्थ्यकर्मी वा सुरक्षाकर्मीलाई कुनै पनि प्रभाव वा दबाब नदिइकन बाहिर ननिस्कन आग्रह गरिएको छ ।
आज मात्रै व्यास नगरपालिकामा १६ जना कोरोना संक्रमित थपिएकाे छ । जसमध्य १५ जना नयाँ संक्रमित हुन भने एक जना पुराना संक्रमितको पुनः परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।

सम्बन्धित खबर
तनहुँको आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क
सहारालाई राज्यले सहयोग गर्नुपर्छ: उपाध्यक्ष आचार्य
गण्डकी प्रदेशमा मनाइयो नवौं स्वास्थ्य बीमा दिवस
संगीतमय बन्यो आलु महोत्सव
ल्वाङगाउँमा मेला जारी, महिला भलिबलतर्फ उपाधिका लागि धम्पुस र घलेल भिड्ने
पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर