पोखरामा १७ सहित गण्डकी प्रदेशमा १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। दोस्रो विज्ञप्ति अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा २ जिल्लाका १९ जनामा संक्रमण पुष्टि भएको हो । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
आज बिहान पोखरामा १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेमा पोखरामा वडा नम्बर ५ का ५२ वर्षीय तथा वडा नम्बर ७ का ३५ वर्षीय पुरुष, पोखरा ९ का २४ र २७ वर्षीया महिला, वडा नम्बर १० का ४३ र ७० वर्षीया महिला तथा ७० वर्षीय महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेकी छिन् । ७ नम्बर वडाका पुरुष पत्रकार हुन् ।
त्यस्तै वडा नम्बर ११ का ३० वर्षीय तथा १३ का ४८ वर्षीय पुरुष, वडा नम्बर १५ का २७ वर्षीया महिला तथा ४० वर्षीय पुरुष, पोखरा १७ का १७ र ५७ वर्षीय पुरुष, वडा नम्बर २४ का ४६ वर्षीय पुरुष, पोखरा २५ का ५३ वर्षीय पुरुष तथा ५५ वर्षीय महिला, पोखरा ३० का ३३ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
तनहुँमा आँबुखैरेनी ३ का १२ वर्षीय बालक तथा बन्दीपुर १ की ५७ वर्षीया महिलालाईलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५०२४ पुगेको छ ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते