सार्वजनिक सवारीमा पुरै सिटमा यात्रु राख्न पाइने, भाडादर पूरानै

सार्वजनिक सवारीमा पुरै सिटमा यात्रु राख्न पाइने, भाडादर पूरानै

Bus Nepal

सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले यस अघि आधा सिटमा मात्र यात्रु राख्ने निर्णय पुर्नविचार गर्दै पहिलाको जस्तै सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो।

अहिले छोटो तथा लामो दुरीमा चल्ने सार्वजनिक सवारीले आधा यात्रु मात्र चढाउने गरेका थिए। भाडा भने दोब्बर लिदैँ आएका थिए। दर्शैलाई मध्यनजर गरेर पुरै सिटमा यात्रु राख्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए।

सीमा नाका अझै एक महिना बन्द

यसअघि नेपालसँग सीमा जोडिएका अन्तराष्ट्रिय सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णयलाई निरन्तरता दिँदै थप एक महिना नखोल्ने निर्णय गरेको उनले बताए ।

यसैगरी सरकारले नेपालीहरुको ठूलो चाड दशैँ यथास्थानमा मनाउन आह्वान गर्ने समेत निर्णय गरेको उनले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds