पोखराका विभिन्न अस्पतालका बिरामीलाई कोरोना, पोखरामा थप १८ जना सहित गण्डकीमा एकैपटक ३४ संक्रमित थपिए

पोखराका विभिन्न अस्पतालका बिरामीलाई कोरोना, पोखरामा थप १८ जना सहित गण्डकीमा एकैपटक ३४ संक्रमित थपिए

gandaki-charak and manipal

पोखरामा १८ सहित गण्डकी प्रदेशमा ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पहिलो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ३  जिल्लाका ३४ जनामा संक्रमण पुष्टि भएको हो । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेमा पोखराको मणिपाल अस्पतालमा उपचाररत २६ वर्षीय पुरुष, चरक मेमोरियल हस्पिटलमा उपचाररत ४२ वर्षीय पुरुष तथा गण्डकी मेडिकल कलेजमा उपचाररत ३२, ३६, ३८ र ७० वर्षीय पुरुष तथा २३ वर्षीया महिला रहेका छन् ।

त्यसै गरी पोखरा महानगर वडा नं. १ की १ महिला, २ का १ पुरुष, ३ का १ पुरुष, ७ का २ पुरुष र १ महिला, १० का १ पुरुष, ११ का १ पुरुष , २५ का १ पुरुष, ३१ का १ पुरुष तथा वडा नखुलेका १ ५ वर्षीय पुरुषमा कोरोना देखिएको छ । लमजुङ मध्येनेपाल र सुन्दरबजारका १-१ जना पुरुष र स्याङजा चापकोटका १० पुरुष तथा ४ महिलामा कोरोना पुष्टि भएको छ ।

स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकाका १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

लमजुङका जिल्लाको सुन्दरबजार नगरपालिकाका ३९ तथा मध्यनेपालका २५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

सबै संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५००५ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds