काठमाडौँ– रोयल च्यालेन्जर्स बैंगलोरले १३ औं संस्करणको आईपीएल टी– ट्वान्टी क्रिकेटमा पाँचौ जित निकालेको छ ।
सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो ।
कोलकाताका लागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाए । यस्तै राहुल त्रिपाठी र आन्द्रे रसेलले १६र१६ रन बनाए । कोलकाताका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २ र २ विकेट लिए । यस्तै मोहमद सिराज, नाभ्दिप शैनी र इसुरु उडाना र युजभेन्द्र चाहलले एकरएक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७३ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै आरोन फिन्चले ४७ रन जोड्दा देवदुत पडीक्कलले ३२ रन बनाए । कप्तान विराट कोहली ३३ रनमा अविजित रहे । जितसँगै बैंगलोरले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ ।
बैंगलोर तेस्रो स्थानमा समेत उक्लिएको छ । ७ खेलमा ८ अंक जोडेको कोलकाता भने हारका बाबजुद चौथो स्थानमा छ । प्रतियोगिता अन्तर्गत आज सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्स भिड्ने छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने