पोखरा – कास्की प्रहरीले झुट्टो व्यहोरा देखाई ठगी गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्कीको माछापुछ्रे गाउँपालिका ९ सिदिङ स्थायी घर भइ हाल पोखरा ५ पर्स्याङमा डेरा गरी बस्ने वर्ष ३९ का हिरा बहादुर तामाङ, म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका ४ राफु स्थायी घर भइ हाल पोखरा १४ कुंडहर बस्ने ३० वर्षीय रमेश कुमार परियार, रुपन्देही जिल्लाको सैनामैना बाँसगडी घर भइ हाल पोखरा १४ चाउथे बस्दै आएका ३५ वर्षीय ओम बहादुर सुनार, सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका ३ घर भइ हाल पोखरा १३ बस्दै आएकी ३७ वर्षीया रिता विश्वकर्मा, पोखरा महानगरपालिका १७ चोरसाँघु घर भएका २२ वर्षीय सोनु परियार, पोखरा १३ बाँझापाटन घर भएका २७ वर्षीया सिता सुनार, पोखरा १३ मियाँपाटन घर भएका ५० वर्षीय हर्क बहादुर वि.क र पोखरा १३ मियाँपाटन घर भएका २४ वर्षीय मौसम सदाशंकर रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार उनीहरुले आफुहरु गण्डकी प्रदेश कार्य समितिका पदाधिकारीहरु भइ हाल नेपाल सरकार अव्यव्यस्थित सुकुम्वासी समाधान आयोग काठमाण्डौबाट आएको भन्दै पोखरा महानगरपालिका वडा नं -१४ भोटेचौतारास्थित ३०० रोपनी क्षेत्रफल भएको जग्गामा घर जग्गा उपलब्ध गराइदिने तथा तत्कालै उक्त जग्गामा अमिन लगेर फिल्डमा नापजांच गर्ने भन्दै पैसा असुलेको आरोपमा पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ६१ हजार सहित रजिष्टर एक थान, नगदी रसिद अर्धकट्टी सहितको प्याड एक थान, विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी १९ थान, विभिन्न व्यक्तिहरुको पासपोर्ट साइजको फोटोहरु र अव्यव्यस्थित सुकुम्वासी समस्या समाधान आयोग काठमाण्डौ लेखिएको गण्डकी प्रदेश कार्यसमिति गठन भएको पत्र १ वरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई फौजदारी संहिता २०७४ को दफा ९ को १ बमोजिम मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर अन्तर्गतको दफा २४९ बमोजिम मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते