पोखरामा २९ सहित गण्डकी प्रदेशमा १२६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पहिलो दोस्रो तेस्रो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ६ जिल्लाका १२६ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका २९ जना, नवलपुरका ६० जना, तनहुँका २६ जना, बागलुङका ७ जना, स्याङजाका १ जना र लमजुङका २ जना गरी प्रदेशका ५ जिल्लामा १ सय २६ जना छन् । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
संक्रमण पुष्टि हुनेमा पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३० र ३१ वर्षका पुरुष चिकित्सक, ओम अस्पतालमा उपचाररत २८ वर्षीय पुरुष तथा चारक मेमोरियल अस्पतालमा उपचाररत ३१ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, फेवासिटी हस्पिटलको क्यान्टिनमा कार्यरत १९ वर्षीय पुरुष, पोखरा १ का १ पुरुष, ५ का ३ पुरुष, ६ का १ पुरुष र १ महिला, ७ का १ पुरुष, ८ का १ पुरुष, १० का ३ पुरुष र २ महिला, १३ का २ पुरुष, १४ का १ पुरुष र १ महिला, २५ का ३ पुरुष र २ महिला, २९ का १ पुरुष रहेका छन् ।
तनहुँ जिल्लाको भीमाद नगरपालिका, ब्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका तथा बन्दीपुरका २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
लमजुङका मध्यनेपालका २ जनालाई संक्रमण पुष्टि भएको छ ।
स्याङ्जा जिल्लाको भीरकोटकी ५२ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नवलपरासीमा आज एकैपटक देवचुली तथा मध्यविन्दुका ५६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बाग्लुङमा ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ जना नेपाली सेनामा कार्यरत रहेका छन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ९७१ पुगेको छ ।




सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो