कोरोना महामारीका बीच पोखरामा होटल तथा रेष्टुरेन्ट खोल्न ३ अर्व विदेशी लगानी

कोरोना महामारीका बीच पोखरामा होटल तथा रेष्टुरेन्ट खोल्न ३ अर्व विदेशी लगानी

Damside Pokhara

पोखरा – उद्योग विभागको नयाँ तथ्यांक अनुसार चालु आवमा सबैभन्दा बढी पर्यटन क्षेत्रमा लगानीको प्रतिवद्धता आएको छ । विभागका अनुसार चालु आवमा मात्रै पर्यटन क्षेत्रमा कुल १३ अर्ब २५ करोड रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिवद्धता आएको छ ।

यस्तै कोरोना महामारीका बीच पर्यटकीय नगरी पोखरामा ३ अर्ब रुपैयाँको विदेशी लगानीमा होटल तथा रेष्टुराँ खुल्ने तयारी भएको छ । विभागले ब्रिटिस भर्जिन आइल्यान्डबाट होटल तथा रेष्टुराँ सञ्चालनका लागि लगानीको प्रतिबद्धता आएको जानकारी दिएको छ । विभागका अनुसार कुल ३ अर्ब लगानीमा स्थापना हुने उक्त होटल तथा रेष्टुराँमा ९० वटा रुम र २०० वटा सिट क्षमता हुनेछ ।

जसमध्ये सबैभन्दा बढी ५१ वटा लगानीको प्रतिवद्धता चीनबाट आएको छ भने, बेलायतबाट २ वटा कम्पनी र ब्रिटिस भर्जिन आइल्यान्डबाट एउटा कम्पनीका लागि लगानीको प्रतिवद्धता आएको छ ।

प्रतिवद्धता अनुसार कार्य संचालन भएको खण्डमा यी सबै होटल तथा रेष्टुराँमा १५०० भन्दा बढिले रोजगारी पाउनेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ