परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले हरेक राजनीतिक सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं कोरोना भाइरस महामारीविरुद्धको लडाईमा पछि परेको बताएको छ ।
आइतबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले काठमाडौं देशलाई नै नमुना दिने, दृष्टान्त प्रस्तुत गर्ने शहर भएपनि कोरोना महामारीविरुद्धको लडाईंमा भने पछि परेको बताउनुभयो ।
उहाँले कोरोना महामारी नियन्त्रणका लागि कतिपय जिल्लाको प्रयास उदाहरणीय भएको तर, काठमाडौंको व्यवस्थापनमा भने गम्भीर चुनौती देखिएको बताउनुभयो ।
यसैबीच उहाँले काठमाडौंका जनप्रतिनिधि, संघ संस्था तथा आम नागरिकलाई कोरोना नियन्त्रणका लागि बाँके, कपिलवस्तु, वीरगञ्जजस्ता ठाउँमा अपनाइएको राम्रो अभ्यासबाट सिक्नुपर्ने बताउनुभयो ।
त्यस्तै, उहाँले ४० लाख जनसंख्या भएको काठमाडौंमा संक्रमण अनियन्त्रित बनेमा अवस्था भयावह हुने र स्वास्थ्य संरचनाले धान्न नसक्ने पनि बताउनुभयो । उहाँले कोरोना संक्रमणलाई हल्का ढंगले लिन नहुने पनि आग्रह गर्नुभयो ।
हालको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको तर, नागरिक संवेदनशील नभएमा पुनः लकडाउन गर्न सरकार बाध्य हुने बताउनुभयो ।
नागरिकको जीवन रक्षा सरकारको मुख्य प्राथमिकता भएको बताउँदै उहाँले बारम्बारको अपीलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि सुझाउनुभयो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु