आइपिएल: दिल्लीलाई हराउँदै मुम्बई शीर्षस्थानमा उक्लियो

आइपिएल: दिल्लीलाई हराउँदै मुम्बई शीर्षस्थानमा उक्लियो

mumbai indians

आइपिएलमा दिल्ली क्यापिटल्समाथि ५ विकेटको जित निकाल्दै मुम्बई इन्डियन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

आइतबार राति अबुधावीमा भएको खेलमा दिल्लीलाई पराजित गरेपछि मुम्बई ७ खेलबाट १० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। समान खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा झरेको दिल्लीले सिजनमा दोस्रो हार बेहोर्‍यो।

पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा १६४ रन जोड्यो। दिल्लीका लागि शिखर धवनले नटआउट ६९ रन जोडेका थिए।

ओपनर पृथ्वी शाह ४ रनमा आउट हुँदा अजिन्का राहाणेले १५ रन मात्र बटुल्न सके। त्यसपछि कप्तान श्रेयर इयरले ४२ रन जोड्दा मार्कोस स्टोइनिस १३ रनमा रनआउट भए। एलेक्स क्यारीले नटआउट १४ रन जोडे।

बलिङमा मुम्बईका क्रुनाल पाण्ड्याले २ विकेट लिए। ट्रेन्ट बोल्टको नाममा १ विकेट रह्यो। १६३ रनको लक्ष्य मुम्बईले २ बल खेल्न बाँकी छदा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो।

ओपनर तथा कप्तान रोहित शर्मा ५ रनमा आउट भए पनि क्वान्टन डि कक र सूर्यकुमार यादवले अर्धशतक प्रहार गरे।

दुवैले ५३-५३ रन जोडे। ककले ३६ बलमा ४ चौका र ३ छक्का तथा सूर्यकुमारले ३२ बलमा ६ चौका र १ छक्का हिर्काए। इशान किसनले २८ रन जोडे भने केइरन पोलार्डले नटआउट ११ रन र केइरन पोलार्डले नटआउट १२ रन जोडे।

बलिङमा दिल्लीका कागिसो रबडाले २ विकेट लिए। अक्षर पटेल, रविचन्द्रन आश्विन र स्टोइनिसले १-१ विकेट लिए। आइपिएलमा सोमबार रोयल च्यालेन्जर्स बेंग्लोर र कोलकता नाइटराइडर्सबीच खेल हुनेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ