गण्डकीमा कोभिड अपडेटः पोखरामा कोरोना संक्रमणको संख्या उकालो लाग्दै, आजै ७१ लाई संक्रमण पुष्टि, प्रदेशमा १५४ जना थपिए

गण्डकीमा कोभिड अपडेटः पोखरामा कोरोना संक्रमणको संख्या उकालो लाग्दै, आजै ७१ लाई संक्रमण पुष्टि, प्रदेशमा १५४ जना थपिए

corona covid gandaki

पोखरामा कोरोना संक्रमितको संख्या उकालो लाग्दैछ । आजै ७१ जनालाई संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ सय ४५ पुगेको छ । आजै प्रदेशमा १५४ जना थपिएका छन् ।

चौथो विज्ञप्ति अनुसार पोखरामा २० सहित गण्डकी प्रदेशमा फेरि ४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ५ जिल्लाका ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा स्याङ्जाका १, तनहुँका २, कास्कीका २०, नवलपुर ५, लमजुङका १६ जना छन् । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् । यस भन्दा अघि पनि पोखरामा आजै ५१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगर वडा नं. ७ की २५ वर्षीया महिला, ८ का ५६ वर्षीय पुरुष तथा वडा नम्बर १० की २८ वर्षीया महिला, १७ का ३८ वर्षीया १ जना महिला तथा २४ र २५ वर्षीय २ पुरुष, पोखरा २४ का ३८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश अन्तरगत भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत ७ जनालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै, पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत ३ जना बिरामीहरु ४१ र ८८ वर्षीय पुरुष तथा २६ वर्षीया महिलालाई संक्रमण पुष्टि भएको हो ।

चरक मेमोरियल अस्पतालमा उपचाररत २ जना बिरामीहरु ७० वर्षीया महिला तथा ३१ वर्षीय पुरुषलाई पनि कोरोना पुष्टि भएको छ ।त्यस्तै, पोखरा ५ का ३५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी पत्रकार हुन् । पोखरा १७ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३८ वर्षीय १ जना महिला तथा २४ र २५ वर्षीय २ जना पुरुष हुन् । यस्तै, पोखरा २४ का ३८ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।

पोखरामा फेरि २८ थपिए ५१ संक्रमित

तेस्रो विज्ञप्ति अनुसार पोखराका २८ सहित गण्डकी प्रदेशमा फेरि ३२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भयो । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा २ जिल्लाका ३२ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा कास्कीका २८, तनहुँका १, स्याङ्जा ३ जना छन् ।

पोखरा ५ का २१ वर्षीय पुरुष, ६ का ७१ वर्षीय पुरुष, ७ का ३६ वर्षीय पुरुष, ८ का ५५ वर्षीय पुरुष, १५ का ४५ वर्षीय पुरुष, १६ का ३ वर्षीया बालिकासहित १७, २६, २७, ३३, ३९, ५०, ५५ र ७७ वर्षीया महिलाहरु तथा ५ वर्षीय बालकसहित १९, २८, ३२, ५३ र ५९ वर्षीय पुरुष र १७ का ३५, ३६, ३७ र ४१ वर्षीय पुरुष तथा २१ र ६१ वर्षीया महिला रहेका छन ।

स्याङ्जामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित भीरकोट तथा वालिङका हुन् ।
तनहुँमा १जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको ब्यास नगरपालिका वडा नम्बर ४ का २० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका माध्यमबाट पहिचान भएका हुन् ।

पोखराको ओम अस्पतालका कर्मचारीलाई कोरोना, गण्डकीमा थपिए ४ जिल्लाका १६ संक्रमित

दोस्रो विज्ञप्ति अनुसारपोखरामा २ सहित गण्डकी प्रदेशमा १६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ४ जिल्लाका १६ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा बागलुङका १, कास्कीका २, गोरखा ११, लमजुङका २ जना छन् । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर ७ की २९ तथा वडा नम्बर १७ की १९ वर्षीया महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ वर्षीया महिला पोखराको ओम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेकी छिन् ।

बाग्लुङमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी वीरगञ्जबाट आएका हुन् ।गोरखामा ११ जनालाई संक्रमण पुष्टि भएको छ ।लमजुङको राइनासका २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहानै पोखराका २१ जनामा कोरोना संक्रमण पुष्टि

बिहानै पोखराका २१ सहित गण्डकीमा ६२ जनामा कोरोना संक्रमण पुष्टी भयो । पहिलो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ३ जिल्लाका ६२ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा बागलुङका ३६, कास्कीका २१, लमजुङका ५ जना छन् । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगर वडा नं. १ का ३९ वर्षीय पुरुष, वडा नं. ४ का २९ वर्षीय पुरुष, वडा नं. ५ का ३८ र ४६ वर्षीय पुरुष तथा २० वर्षीया महिला, वडा नं. ८ का ६७ र ७० वर्षीय पुरुष, ९ की ४५ वर्षीया महिला, वडा नं. १० का ४३ वर्षीय पुरुष तथा ९ वर्षीया बालिका, वडा नं. १४ का ४३ वर्षीय पुरुष, १५ का १८ र ५६ वर्षीय पुरुष, वडा नं. १६ की ३३ वर्षीया महिला, वडा नं. १७ का ४५ वर्षीय पुरुष तथा २७ वर्षीया महिला, वडा नं. २० की ८९ वर्षीया महिला, वडा नं. २२ की २७ वर्षीया महिला, वडा नं. ३० का ३० वर्षीय पुरुष तथा ३२ का ३२ वर्षीय पुरुष रहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds