राजस्व घटेपछि सरकारले विदेशी रक्सी आयातमा लगाएको प्रतिबन्ध हटायो

राजस्व घटेपछि सरकारले विदेशी रक्सी आयातमा लगाएको प्रतिबन्ध हटायो

madira-alcohal

काठमाण्डौ –  मन्त्रिपरिषदको निर्णयले विदेशबाट आयात गरिने मदिराको आयातमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

आइतबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले यसअघी विदेशी मदिराको आयातमा लगाएको प्रतिबन्ध हटाएको जानकारी दिए ।

गत चैतमा सरकारले लकडाउन लगाएसँगै विदेशी विनिमय सन्चितीमा असर गर्ने भन्दै विदेशबाट आउने मदिरा आयातमा प्रतिबन्ध लगाएको थियो ।

यस्तै ५० हजार डलर बढी मूल्यको सवारी साधन आयात पनि फुकुवा गर्ने निर्णय सरकारले गरेको छ।

विदेशी कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्त संघ संस्था र विदेशी कर्मचारीले नीजि प्रयोगका लागि बढी मूल्यका सवारी आयात गर्ने बाटो सरकारले खुला गरेपनि सो प्रतिबन्ध व्यक्तिगत तर्फ भने कायम नै रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds